काठमाडौं । पपुवा न्युगिनी (पिएनजी) विरुद्ध नेपालले पहिलो विकेट लिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका डेब्यु गरिरहेका तिब्र गतिका बलर बिक्रम सोबले सुरुवाती विकेट लिएका हुन् ।
दोस्रो ओभर लिएका आएका डेब्यु खेलाडी विक्रमले पहिलो बलमा टोनी उरालाई आउट गराएका हुन् । यस अघि नेपालले टस हारेर फिल्डिङ पाएको थियो । दोस्रो ओमर जारी रहँदा पिएनजीले १ विकेट गुमाएर ३ रन जोडेको छ ।
ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलसँगै तीव्र गतिका बलर विक्रम सोबले पिएनजीविरुद्ध सिनियर टोलीका लागि डेब्यू गरेका छन् । नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी र बिनोद भण्डारीलाई आराम दिइएको छ । दुई खेलको शृंखलामा आज पहिलो खेल भइरहेको छ । दोस्रो खेल शुक्रबार हुनेछ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पीएनजीसँग खेल्न लागेको हो । नेपालले त्रिदेशीय शृंखला भदौं २८ गते अमेरिका, भदौं २९ गते ओमान, असोज १ गते अमेरिका र असोज २ गते ओमानसँग खेल्नेछ ।
नेपालको टोली
ज्ञानेन्द्र मल्ल (कप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), आरिफ शेख, शरद भेषावकर, रोहित कुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, पवन सरार्फ, विक्रम सोब र सन्दीप लामिछाने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ भदौ २०७८, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि