राष्ट्रिय महाधिवेशनका लागि सभापति लामिछाने चितवनमा

सफल खबर संवाददाता

शनिबार, ०६ असार २०८३, १२ : ३३
राष्ट्रिय महाधिवेशनका लागि सभापति लामिछाने चितवनमा

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन आएका छन् । पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन सभापति लामिछाने शनिवार चितवन आएका हुन् । 

महाधिवेशन भोलिदेखि चितवनमा सुरु हुँदै छ। लामिछानेले आजै वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक चितवनमै राखेका छन्।

बैठकमा महाधिवेशन तयारी, महाधिवेशन प्रतिनिधि, महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन, विधान संशोधनलगायतको विषयमा छलफल हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस