माधव नेपालको पार्टीमा कति खुले जनप्रतिनिधी ?

सफल खबर संवाददाता

मंगलबार, २२ भदौ २०७८, ०९ : ०१
माधव नेपालको पार्टीमा कति खुले जनप्रतिनिधी ?

काठमाडौं । निर्वाचन आयोगले एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित जनप्रतिनिधीलाई दल रोज्न  आजसम्मको समय दिएको छ । आयोगले गत ९ भदौमा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी र जसपा विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई दल दर्ताको प्रमाणपत्र दिएको थियो ।

त्यसपछि राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधनअनुसार दल विभाजन भएको २१ दिनको समय पुग्ने गरी २२ भदौसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने समय दिएको थियो । त्यो समय आज सकिदैछ । केन्द्रमा २३ जना प्रतिनिधिसभा र ७ जना राष्ट्रियसभा सदस्य सदस्यको सनाखत माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा भएको थियो । ३ जना सांसद पछि सनाखतका लागि तयार भएपनि आयोगले सनाखतका लागि मान्यता दिएको थिएन ।

प्रदेश सभामा करिब २२ प्रतिशत सांसद माधव नेपालको पार्टीमा खुलेका छन् । गण्डकी प्रदेश सभामा मात्र नेपालको पार्टीमा अहिलेसम्म कोही खुलेका छैनन् । तर प्रदेश २ र सुदुरपश्चिममा एकीकृत समाजवादी एमाले भन्दा ठूलो दल बनेको छ । सुदुरपश्चिममा त सबैभन्दा ठूलो दल नै नेकपा एकीकृत समाजवादी बनेको छ । आज सम्म प्रदेश सभामा र स्थानिय तहका जनप्रतिनिधी खुल्ने र सनाखत गर्ने समयअवधि बाँकी नै छ । केही आज खुल्ने र आज नै निर्णायक दिन हो ।

प्रदेश सभामा करिब २२ प्रतिशत सांसद माधव नेपालको पार्टीमा खुलेका छन् । गण्डकी प्रदेश सभामा मात्र नेपालको पार्टीमा अहिलेसम्म कोही खुलेका छैनन् । तर प्रदेश २ र सुदुरपश्चिममा एकीकृत समाजवादी एमाले भन्दा ठूलो दल बनेको छ । सुदुरपश्चिममा त सबैभन्दा ठूलो दल नै नेकपा एकीकृत समाजवादी बनेको छ । आज सम्म प्रदेश सभामा र स्थानिय तहका जनप्रतिनिधी खुल्ने र सनाखत गर्ने समयअवधि बाँकी नै छ । केही आज खुल्ने र आज नै निर्णायक दिन हो ।

अहिलेसम्म कति खुले भन्ने यर्थाथ भने सार्वजनिक भईसकेको छैन । निर्वाचन आयोगले आज सम्म सनाखतको काम सकिएपछि त्यसको अन्तिम छिनोफानो नतिजा आउन थप एक दिन समय लाग्ने बताएको छ । गण्डकीमा कसैले पनि यो समाचार तयार पार्दासम्म माधव नेपालको पार्टी नरोजेपनि लुम्बिनीमा जम्मा एक जनाले सनाखत गरेका छन्। बाँकी पाँच वटा प्रदेशमा भने नयाँ पार्टीको अवस्था बलियो देखिएको छ। पाँचै प्रदेशमा गरेर सोमबार बेलुकासम्म ५१ जना प्रदेश सांसद एकीकृत समाजवादी पार्टीमा खुलेका छन्।

माधव नेपालको पार्टीमा खुलेका केही स्थानिय जनप्रतिनिधी हरु यस्ता छन् :
प्यूठान 

प्यूठान नगरपालिकाकी उपप्रमुख शान्ता आचार्य, कार्यपालिका सदस्य चित्रकली नगरकोटी, प्यूठान नगरपालिका–९ का वडा सदस्य निम बहादुर घर्ती र राजेन्द्र केसी, सरुमारानी गाउँपालिकाका कार्यपालिका सदस्य मोहम्मद हलिम र टंक सुनार ।

हुम्ला 
हुम्ला जिल्ला समन्वय समितिका सदस्य अजवीर शाही, अदानचुली गाउँपालिकाको कार्यपालिकाका सदस्य पम्फा शाही, वडा नम्बर ३ का वडा सदस्य, गोर्ख थापा, खड्क बुमी र वडा नम्बर ४ का वडा सदस्य हस्त बुमी ।

अर्घाखाँची 
पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम, पाणिनी गाउँपालिका वडा नं. ३ का निर्वाचित वडा सदस्य ओमप्रकाश भुसाल, सन्धिखर्क नगरपालिका वडा नं. १ कि निर्वाचित महिला सदस्य सुमित्रा मुखिया र मालारानी गाउँपालिका वडा नं ५ का सदस्य डोल बहादुर चौहान

दैलेख 
महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही, उपाध्यक्ष प्रेमकुमारी बुढा, वडा नं. ४ का देव बहादुर शाही, पाँचका वडा अध्यक्ष जगत बहादुर हमाल र वडा नं. ६ का डम्बर बहादुर थापा भवगवतीमाइ वडा नं. दुइ का कर्ण बहादुर शाही ।

काठमाडौं
तारकेश्वरकी उपमेयर भवानी डोटेल धिताल र शंखरापुरकी उपमेयर शुक्र लक्ष्मी श्रेष्ठ
कामनपा ७ का सुद्धकुमार डंगोल र १५ का ईश्वरमान डंगोल, बूढानीलकण्ठ नगरपालिका९ ३ का बालकृष्ण श्रेष्ठ, टोखाका जोगप्रसाद नेपाल, तारकेश्वरका रवीन्द्र केसी, तारकेश्वर की मधु कार्की, शंखरापुरका घनश्याम थापा ।

मकवानपुर 
कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मोक्तान, अर्का एक जना सदस्य , हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामा र मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ट, हेटौंडा उपमहानगरपालिका १३ का वडाध्यक्ष मनोजकुमार वाइबा, उपमहानगरका अन्य कही प्रतिनिधी । थाहा नगरपालिका९११ का अध्यक्ष किरणमान बल, ५ का अध्यक्ष विष्णुवहादुर गुरुङ ।

चितवन
भरतपुर महानगरबाट १२ जना र रत्ननगर नगरपालिकाबाट ११ जना । जसमध्ये भरतपुरका ५ र रत्ननगरका ३ वडाध्यक्ष नेकपा एकीकृत समाजवादीमा गएका छन् ।
भरतपुर ७ का वडाअध्यक्ष राजेन्द्रमणि काफ्ले, ९ का यमलाल कँडेल, १० का अरुणपीडित भण्डारी, १२ का नरेन्द्र कनदङवा र २२ का विष्णुराज महतो, विमला भट्टराईबाहेक १२ नम्बर वडाका जनप्रतिनिधि  । २२ नम्बर वडामा पनि सेट नै जितेको एमालेबाट वडाध्यक्ष र सदस्य देउमाया विक । रत्ननगर ९ का वडाध्यक्ष रोशन आचार्य, १४ का हरिकुमार श्रेष्ट र १५ का हुमनाथ लामिछाने ।

कैलाली
महोन्याल गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पूजा बुढामगरसहित कार्यपालिका सदस्य विशाल पहराई र वडा सदस्य चन्द्रकला कामी गरी तीन जनप्रतिनिधि

इलाम 
बरिष्ठ नेता झलनाथ खनालको निर्वाचन क्षेत्रका ५६ जनप्रतिनिधि । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईसहित जिल्लाका ५६ जना स्थानीय तहका जनप्रतिनिधि माधव नेपालको पार्टीमा गएका छन् । सूर्योदय नगरपालिकामा एमालेबाट निर्वाचित एक जना वडाध्यक्ष र उपप्रमुख बाहेकका ४३ जनाले एकीकृत समाजवादी रोजेका छन् । देउमाई नगरपालिकाका एक जना वडा सदस्य हेम लिम्बू, इलाम नगरपालिका, माङसेबुङ गाउँपालिकाको सदस्य ।

रूपन्देही 
सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेसहित बुटवलका वडा सदस्यहरु चिनबहादुर गुरुङ, गोपाल नेपाल, सुनील शाक्य र तिलोत्तमाका कार्यपालिका सदस्य यज्ञेश्वर क्षत्री ।

सुनसरी 
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको गृह वडाकै वडा अध्यक्षसहित केही जनप्रतिनिधी । इनरुवा–६ का वडाध्यक्ष कोषराज अधिकारीसहितका केही जनप्रतिनिधि र एमाले कार्यकर्ताहरू एकीकृत समाजवादी रोजेका छन् ।

स्थानिय तहमा खुलेका जनप्रतिनिधीको तथ्यांक अहिले नै भनन् सकिने अवस्था छैन् । तर आयोगले वढीमा एक साताभित्र नयाँ दुर्इ दल एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीमा के कति जनप्रतिनिधीले सनाखत गराए भन्ने विवरण सार्वजनिक गर्न समय लाग्ने जनाएको छ । एक हप्तापछि मात्रै यी दुई दल कति शक्तिशाली छन् भन्ने देखिनेछ ।

प्रतिक्रिया दिनुहोस