काठमाडौँ। सर्वोच्च अदालतले डा. सीके राउत नेतृत्वको जनमत पार्टी फुटाएर जनस्वराज पार्टी (जस्वपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।
आयोगले यही असोज २८ गते जनस्वराज पार्टी दर्ता गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध डा. राउतले सर्वोच्च अदालतमा उत्प्रेषणसमेतको रिट दायर गरेका थिए ।
विपक्षीका नाममा लिखित जवाफ पनि माग भएको छ भने आगामी कात्तिक १७ गतेका लागि छलफलको मिति पनि तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असोज २०८२, २० : ०७
लेखकबाट थप