एमाले जेठ २ मा फर्कियो की ३ मा ?

सफल खबर संवाददाता

सोमबार, २१ भदौ २०७८, १० : २२
एमाले जेठ २ मा फर्कियो की ३ मा ?

काठमाडौं । माधव नेपाल र झलनाथ खनाललाई अलग्याउँदै एमालेले १० बुँदे सहमति अनुमोदनको नाममा पार्टी २ जेठ २०७५ को संरचनामा फर्किएको दावी गरेको छ । साथै विधान अधिवेशन र दशौं राष्ट्रिय महाधिवेशनको मिति समेत तोकेको छ ।

माधव नेपाल पक्षका नेताहरु उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्त, अमृतकुमार बोहोरा (अनुशासन आयोगका प्रमुख) लाई नेपाल  समुहबाट अलग्ग्याएर ओलीले झण्डै ६ महिनापछि पार्टीको स्थायी कमिटी बैठकमा स्वागत गर्दै एमाले जेठ २ मा फर्किएको घोषणा गरिएको थियो ।

माधव नेपाललाई धोका दिएर ओलीले एमालेमा जे चाहेका थिए, त्यसैमा साथ दिएका नेपाल समुहका नेताहरुले अहिले माधव नेपाललार्इ १० बुँदे सहमति नेपालले पालना नगरेको भन्दै आक्षेप पनि लगाईरहेका छन् । 

तर के एमाले २०७५ जेठ २ मा नै फर्किउको हो त ? केही तथ्य हेरौं ।

एमालेको सुनसरी जिल्ला पदाधिकारी बैठकले हिजो सम्म पार्टीको विपक्षमा रहेका ब्यक्तिहरुलाई जस्ताको तस्तै स्थापित गर्दा पार्टीको हितमा नहुने, पार्टीले गतिशिलता प्राप्त गर्न नसक्ने हुँदा पार्टी केन्द्रीय कमिटिको निर्णयलाई सुनसरी जिल्लाको अवस्तुगत अवस्था र र बर्तमान अवस्थालाई सम्वोधन गर्ने गरी रचनात्मक रुपमा कार्यान्वयन गर्ने ढंगले जाने गरी जाने निर्णय लिएको छ । यसले पनि देखाउँछ, एमालेभित्र जिल्ला तहमा जेठ २ मा एमाले फर्किरहेको छ या जेठ ३ मा ? न एमालेमा मन मिलेको छ, न पूरानै  अवस्थामा संरचना फर्किएको छ, न फर्काउन नै चाहेको छ ।

एमालेको सुनसरी जिल्ला पदाधिकारी बैठकले हिजो सम्म पार्टीको विपक्षमा रहेका ब्यक्तिहरुलाई जस्ताको तस्तै स्थापित गर्दा पार्टीको हितमा नहुने, पार्टीले गतिशिलता प्राप्त गर्न नसक्ने हुँदा पार्टी केन्द्रीय कमिटिको निर्णयलाई सुनसरी जिल्लाको अवस्तुगत अवस्था र र बर्तमान अवस्थालाई सम्वोधन गर्ने गरी रचनात्मक रुपमा कार्यान्वयन गर्ने ढंगले जाने गरी जाने निर्णय लिएको छ । यसले पनि देखाउँछ, एमालेभित्र जिल्ला तहमा जेठ २ मा एमाले फर्किरहेको छ या जेठ ३ मा ? न एमालेमा मन मिलेको छ, न पूरानै  अवस्थामा संरचना फर्किएको छ, न फर्काउन नै चाहेको छ ।

अब थप केही अरु तथ्य हेरौं ।
भदौं ८ गते एमालेमा माधव नेपालसँग रहेका नेताहरुले अन्तिम घडीमा माधव नेपाललाई साथ दिएनन् । माधव नेपालले १० बुँदे सहमतिमा ओली फर्किन तयार रहेपनि नेपालले नयाँ दल दर्ता गर्न पुगेको भन्दै १० बुँदेदे सहमति कार्यान्वयन प्रक्रिया शुरु भएको बताए । तर १० वुँदेले सिधै माओवादी छोडेर एमाले प्रवेश गरेका नेता रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झौताले चिन्दैन् ।

तर उनीहरुलाई एमालेले पार्टीमा स्थान नदिने भनेको होइन । तर शुरुमा एमालेको जेठ २ को पार्टी स्थायी कमिटिमा रहेको नेताहरुको मात्र बैठक ५, १० मिनेट भएपनि बस्ने र त्यसपछि बादल लगायत माओवादी छोडेर एमालेमा विलय हुन पुगेका नेताहरु सहितको प्रक्रिया पूरा गरेर बैठक राख्ने माग थियो माधव नेपाल समुहको । तर त्यसो हुन सकेन ।

भदौं ८ मा माधव नेपाल छोडेर ओलीसँग सौदाबाजी गर्न पुगेका माधव नेपाल समुहका नेताहरुले  त्यो विषय अन्तिम समयमा उठाउन सकेनन । उनीहरु बादलसहितको स्थायी समिति बैठकमा लुरुलुरु सहभागी भए । यसले उनीहरुले एमालेभित्रै सुरक्षित अवतरण मात्र खोजेका रहेछन् भन्ने त्यही सुरुआती प्रकरणले नै पुष्टि गरेको थियो । त्यसपछिका पनि केही घटनाक्रम हेरौं ।

एमाले जेठ २ मा फर्किएको भए नेकपा एमालेको प्रवक्ता योगेश भटट्राई हुनु पर्ने हो । भटट्राईहरु एमालेमा आलीसँग सुरक्षित अवतरणका लागि पुगेपछि उनलाई प्रचार विभाग प्रमुखको जिम्मा भनियो । तर एमालेमा प्रचार विभाग प्रमुखले नै प्रवक्ताताको जिम्मेवारी सम्हाल्ने गरेका थिए । तर केही दिनमै प्रवक्ता प्रदीप ज्ञवालीको नाममा वक्तब्य आयो । योगेशहरु हेरेको हेरयै भए । खासगरी राष्टि«यताको मुद्दाका विषयमा पार्टी अध्यक्ष या महासचिवले वक्तब्य दिने चलन एमालेमा थियो । तर महाकालीको तुइन प्रकरणमा सरकारमाथी प्रश्न उठाउँदै एमालेले वक्तब्य दियो । त्यो पनि प्रवक्ता प्रदीप ज्ञवालीको नाममा ।

ज्ञवाली तत्कालिन एमाले माओवादी एकता पछि बनेको नेकपाभित्र चरम अन्तरसंर्घष चलिरहँदा ओली समुहले नारायणकाजी श्रेष्ठलाई पदमुक्त गर्दै प्रवक्ता बनाइएका नेता हुन् । एमाले माओवादी अलग गराउने सर्वोच्चको २०७७ फागुन २३ को फैसला पछि एमाले ब्यूँतिदा पनि उनैलाई ओलीले प्रवक्ताको रुपमा अगाडी सारिरहे । जब जेठ २ मा एमाले फर्किएको भए प्रदीप एमाले प्रवक्ता नभई योगेश प्रवक्ता हुन्थे । तर ओलीले सिम्वोलिक रुपमा आफुहरु पछि नहटेको र माधव नेपाल समुह विनाका निर्णय र जिम्मेवारीहरु यथावत रहेको सन्देश दिन योजनाबद्ध रुपमा नै ज्ञवालीलाई प्रवक्ताको नाममा वक्तब्य दिन लागेर माधव नेपाल छोडेर बसेका नेताहरुलाई रणनीतिक सन्देश प्रवाह गरेको एमालेभित्र चर्चा छ ।

अब माधव नेपाललाई धोका दिएर ओलीको छत्रछायाँमा रमाउन पुगेका नेताहरुले ओलीले जे गरेपनि विरोध गर्न सक्ने हैसियतमा छैनन् । बरु नयाँ जोगीले धेरै खरानी धस्छ भनेझै उनीहरु नै अहिले ओलीको बचाउमा खरो रुपमा उत्रन थालिसकेका छन् । उनीहरुलाई एमालेको जेठ २ को संरचनाको अहिले कुनै मतलव छैन् । चिन्ता ओलीले आफुलाई जिम्मेवारी दिन्छन् या दिदैनन् भन्ने मात्र देखिएको छ । जुन कुरा प्रवक्ता प्रकरण र सुनसरी सर्कुलरले पनि प्रष्टै देखाएको छ । ओलीले दोहोरो मापदण्ड बनाएका छन्, जेठ २ को । जो आफुतिर खुल्न चाहेका छन्, उनीहरुलार्इ जेठ २ को जिम्मेवारी दिने र जो अझै पनि एमालेभित्रै रहेर आफनो पिच्छलग्गु हुन चाहेका छैनन्, उनीहरुलाई भने नेतृत्व र जेठ २ अगाडीको जिम्मेवारी नदिएर यो बीचमा आफुले बनाएको संरचनाका नेताहरुलाई नै जिम्मेवारी दिएका छन् ।

जस्तोकी रामेछापका शान्ति पौडेलको उदाहरण लिन सकिन्छ । उनी प्रदेश सभा सदस्य पनि हुन् । उनले एमाले छोडेर नेकपा एकीकृत समाजवादी रोज्न सनाखतका लागि हेटौडास्थित निर्वाचन कार्यालय जाँदै थिए । उनलाई नेकपा एसमा जान रोक्न एमालेको अध्यक्षको जिम्मा दिएर उनकै अध्यक्षतामै बैठक बोलाउन लगाए । त्यसपछि उनी नेकपा एसमा जान रोकिएर एमालेमै रहे ।

प्रदेशमा को इन्चार्ज ?
बाग्मतिमा को इन्चार्ज ? एमालेले खुलाएको छैन । माधव नेपाल समुह अलग रहँदा माओवादी छोडेर एमालेमा विलय हुन पुगेका रामबहादुर थापा (बादल) लाई एमालेले बाग्मितको इन्चार्जको जिम्मेवारी दिएको थियो । तर अष्टलक्ष्मीलाई महिना दिनको लागि मात्र मुख्यमन्त्रीको बागडोरमा पुर्याएर एमालेले इन्चार्ज हो होइन भन्ने अवस्थामा पुर्याएको छ । इन्चार्ज जेठ २ कै भएको भए १० वुँदे सहमति कार्यान्वयन गराउने सहजकर्ताको नाम सहित पार्टी भित्र आन्तरिक सर्कुलर गर्दा इन्चार्जको जिम्मेवारी तिनै नेतालाई बनाएर अरु नेतालाई सदस्यका रुपमा सर्कुलर गर्न सक्थ्यो । तर त्यहाँ कहि पनि संयोजक नतोकि नेताहरुका नाम समान हैसियतका राखी सर्कुलर ओलीले गराएका छन् ।

कर्णालीमा युवराज ज्ञवालीले गएर मोर्चा सम्हालेपनि वाग्मतिमा को ? सुदरपश्चिममा भीम रावल की लेखराज भट्ट ? को भन्ने खुलेको छैन् । लेखराजले आफैं इन्चार्ज भएको बताईरहेका छन् । भीम रावल आफै । तर को भन्नेमा ओली बोलेका छैनन् । कानुन ब्यवसायीको संगठन मा त्यस्तै छ । ओली पक्षले तत्कालिन एमालेको कानुन ब्यवसायीको संगठनको इन्चार्ज रघुजी पन्तलाई मान्दै नमानी सिधै ललितपुरमा गुट भेला गरेको छ । यसले ओली आफु अनुकुल हुने गरी आफुसँग सम्झौतामा आउने नेतालाई जिम्मेवारी दिने, तर पहिलेको जस्तो जेठ २ कै अवस्थामा भने एमालेलार्इ नफर्काउने गरी अगाडी बढेका छन् ।

महासचिव इश्वर पोखरेलले काभ्रेमा पुगेर जेठ २ मा जस्ताको तस्तै जान नसकिने बताईसकेका छन् । ओली समुहले आफुले नेपाल समुहको नेतृत्वमा रहेका जिल्लाका अध्यक्षहरुलाई ल्याएर बनाएका अध्यक्षहरु र जनवर्गीय संगठनका नेताहरुलाई नेतृत्व नछोडन भित्री रुपमा आन्तरिक सर्कुलर गरिसकेको छ ।

यसले पनि देखाउँछ एमाले जेठ २ मा फर्किएको छैन् । तर जेठ २ मा फर्किएको भनेर एमालेमै सुरक्षित हुन माधव नेपाललाई पार्टी विभाजनलाई उकास्ने र अन्तिम समयमा धोका दिने नेताहरु पनि बोल्न नसकी चुपचाप हेरिरहने अवस्थामा पुगेका छन् । उनीहरु कसरी आफु सुरक्षित हुने र सेफल्याडिड गर्ने भन्नेमा मात्र देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस