ओखलढुंगा । भिषण वर्षासँगै परेको चट्याङ्गका कारण ओखलढुंगामा गएराती सात जना जना बेहोस भएका छन् । सिद्धिचरण नगरपालिका वडा नं. १० बेतिनीका विभिन्न घरहरुमा चट्याङ्ग पर्दा सात जना बेहोस भएका हुन ।
चट्याङ्गलागेर स्थानीय विष्णुकुमारी खड्का, तुलसा धमला र अनिषा खड्काको अबस्था भने गम्भीर रहेका छ । गम्भीर अबस्थामा रहेका तीनैजनालाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल सोबरु पुर्याईएको छ । चट्याङ लागेर बेहोस भएका टंककुमारी दाहाल, भेषकुमारी दाहाल र गुणकुमारी भुजेलको अबस्था भने अहिले सामान्य रहेको बेतिनीका वडा अध्यक्ष दामोदर धमलाले बताए ।
चट्याङले लागेर बेहोस भएका मध्ये चार जनाको पछिल्लो अबस्था सामान्य रहेको र तीन जनाको अबस्था भने गम्भिर रहेको छ । चट्याङले लागेर स्थानीयका एक दर्जन बढि घरमा क्षति पुगेकोे छ । आधा दर्जन बढी दुहुना भैसी, गाई तथा अन्य पशु चौपाया समेत मरेको वडा अध्यक्ष धमलाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ भदौ २०७८, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु
चट्याङ लागेर एक महिलाको मृत्यु
रौतहटमा चट्याङ लागेर वृद्धको मृत्यु
चट्याङ लागेर कैलालीमा एक जनाको मृत्यु
झापामा चट्याङ लागेर २ जना घाइते
चट्याङ लागेर चितवनमा एकजनाको मृत्यु