मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शासन जनताको छोराछोरीले गर्ने अभिभावकको रुपमा राजसंस्था रहने तथा धर्मनिरपेक्षता र संघीयता तुरुन्तै खारेज हुनुपर्ने बताएका छन् ।
मकवानपुर क्षेत्र नम्बर २ प्रदेश पार्टी कार्यालयको मनहरीमा उद्घाटन गर्दै थापाले अहिलेको शासन प्रणाली मुलुकको लागि अनावश्यक बोझ भएको समेत बताए । मुलुकमा ब्रम्हलुटको अवस्था रहेको ,महालेखा परिक्षकको प्रतिवेदनले कहालीलाग्दो तस्बिर देखाएको चर्चा गर्दै थापाले निर्वाचन प्रणालीमा सुधार हुनुपर्ने टिप्पणी गरे ।
राजनीतिलाई भ्रष्टाचारतर्फ उन्मुख गराउने निर्वाचन प्रणालीले नेता, भ्रस्टाचारी, माफिया, कर्मचारी र विचौलियाको गठबन्धन झन् बलियो बनाउने तर्फ सजग हुनुपर्ने बताए। करोडौं खर्च गरेर चुनाव जित्नेहरुको ध्याउन्न कमाउने तर्फ केन्द्रित हुने भन्दै थापाले राजनीतिलाई कमाई खाने माध्यम बनाउन दिन नहुनेतर्फ मतदाता सजग हुनुपर्ने बताए ।
दार्चुलाका जयसिंह धामीलाई न्याय दिने विषयमा सरकार कमजोर देखिनु आपत्तिजनक भएको भन्दै थापाले राष्ट्रियता सर्वोपरी बन्नुपर्नेमा जोड दिए । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी कार्यसम्पादन समिति सदस्य राजाराम बर्तौलाले सिद्धान्त, नीति विचार कमजोर बनाउने षड्यन्त्रप्रति कार्यकर्ता चनाखो हुनुपर्ने भन्दै भ्रमलाई चिरेर पार्टी र विचार स्थापना गर्ने अभियानमा सक्रियतापूर्वक कृयाशिल हुन आग्रह गरे। कार्यक्रममा जिल्ला अध्यक्ष गुरु सापकोटा, खिलप्रसाद चौलागाईं, ज्ञानेन्द्र ढुङ्गेल, नरहरि सुवेदी, शान्ती बुलुन, बैकुण्ठ सुवेदीलगायतले मन्तव्य दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० भदौ २०७८, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा
अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा