काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कोषाध्यक्ष पदमा लोकप्रसाद दाहालले उम्मेदवारी घोषणा गरेका छन् ।
वर्तमान कार्यसमितिमा सह–कोषाध्यक्ष रहेका दाहालले आगामी अक्टुबरमा हुन लागेको एनआरएनएको चुनावमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन् । बेल्जियममा व्यवसाय गरेर बसेका दाहालले यसअघि संघको बेल्जियम शाखाको महासचिव र अध्यक्ष भएर काम गरिसकेका छन् ।
विश्वका विभिन्न देशमा मानवीय सेवा तथा कल्याणकारी काममा ख्याती कमाएको बेल्जियमका डाक्टरहरू सहभागी संस्था ‘भ्लाम्स मेडिकल’ मा कार्यकारी सदस्य नियुक्त दाहालको नेपाललगायत एसिया र अफ्रिकाका विभिन्न देशमा परोपकारी काम गरेको अनुभव छ ।
उनले सह–कोषाध्यक्ष भइ कामगर्दा संघको आर्थिक पाटोलाई धेरै हदसम्म व्यवस्थित गर्न सफल भएको बताए ।
उनले भने, ‘आफूमा भएको अनुभव, दक्षता तथा योग्यतालाई एनआरएनए अभियानमा अझ सशक्तढंगले प्रयोग गर्ने इच्छा छ। संघको कोष पारदर्शी, वैज्ञानिक र प्रभावकारीढंगले चलाउन ज्ञान, सीप र योग्यतासहित अगाडि सरेको छु ।’
‘हामीले संघको आर्थिक हिसाव–किताव व्यवस्थित गर्न एउटा ‘सिस्टम’ बनाइसकेका छौं । परिपाटी बसिसकेकोले अव काम गर्न गाह्रो पर्दैन,’ उनले भने ।
शालिन तथा भद्र व्यवहारका उनी सामाजिक अभियन्ता हुन् । संघभित्र आफ्नो जिम्मेवारी कुशलतापूर्वक समाधान गर्न अहम भूमिका निर्वाह गरेका दाहाल एनआरएनएमा विवादरहित अभियान्ताका रुपमा चिनिन्छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ भदौ २०७८, २० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की
एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण
संकटको सारथि बन्दै श्रेष्ठ नेतृत्वको एनआरएनए