काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कोषाध्यक्ष पदमा लोकप्रसाद दाहालले उम्मेदवारी घोषणा गरेका छन् ।
वर्तमान कार्यसमितिमा सह–कोषाध्यक्ष रहेका दाहालले आगामी अक्टुबरमा हुन लागेको एनआरएनएको चुनावमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन् । बेल्जियममा व्यवसाय गरेर बसेका दाहालले यसअघि संघको बेल्जियम शाखाको महासचिव र अध्यक्ष भएर काम गरिसकेका छन् ।
विश्वका विभिन्न देशमा मानवीय सेवा तथा कल्याणकारी काममा ख्याती कमाएको बेल्जियमका डाक्टरहरू सहभागी संस्था ‘भ्लाम्स मेडिकल’ मा कार्यकारी सदस्य नियुक्त दाहालको नेपाललगायत एसिया र अफ्रिकाका विभिन्न देशमा परोपकारी काम गरेको अनुभव छ ।
उनले सह–कोषाध्यक्ष भइ कामगर्दा संघको आर्थिक पाटोलाई धेरै हदसम्म व्यवस्थित गर्न सफल भएको बताए ।
उनले भने, ‘आफूमा भएको अनुभव, दक्षता तथा योग्यतालाई एनआरएनए अभियानमा अझ सशक्तढंगले प्रयोग गर्ने इच्छा छ। संघको कोष पारदर्शी, वैज्ञानिक र प्रभावकारीढंगले चलाउन ज्ञान, सीप र योग्यतासहित अगाडि सरेको छु ।’
‘हामीले संघको आर्थिक हिसाव–किताव व्यवस्थित गर्न एउटा ‘सिस्टम’ बनाइसकेका छौं । परिपाटी बसिसकेकोले अव काम गर्न गाह्रो पर्दैन,’ उनले भने ।
शालिन तथा भद्र व्यवहारका उनी सामाजिक अभियन्ता हुन् । संघभित्र आफ्नो जिम्मेवारी कुशलतापूर्वक समाधान गर्न अहम भूमिका निर्वाह गरेका दाहाल एनआरएनएमा विवादरहित अभियान्ताका रुपमा चिनिन्छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ भदौ २०७८, २० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनए सचिवालय तत्काल नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्न आइसीसीले दियो निर्देशन
एनआरएनए विभाजित गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्री आफैं सक्रिय
गैंडाकोटका गैरेद्वय एनआरएनए सचिवमा निर्वाचित
‘एनआरएनए’ एकता महाधिवेशन सम्पन्न
एनआरएनएको एकता महाधिवेशनका लागि काठमाडौँमा चहलपहल
सर्वोच्चमा के थियो आरके शर्माको मुद्दा ?