जनकपुरधाम । आफ्नो आधार भूमिमा पकड राख्न जनता समाजवादी पार्टी (जसपा)र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्ष नेताहरु यतिबेला प्रदेश २ को जनकपुरमा केन्द्रीत भएका छन् ।
विभाजनको प्रक्रियामा रहेको जसपाका निर्वाचित जनप्रतिनिधीलाई आफ्नो इच्छाअनुसारको पार्टी रोज्न निर्वाचन आयोगले २२ भदौ सम्मको समय दिएपछि दुवै दलका शीर्ष नेताहरु प्रदेश सासद तथा स्थानीय तहका जनप्रतिनिधीलाई आफ्ना आफ्ना पक्षमा यतिबेला मधेश केन्द्रीत भएका छन् ।
जनकपुरमै प्रदेश २ निर्वाचन कार्यालय रहेकोले पनि उनीहरु जनकपुरमा रहेर आफ्ना सासदहरुको संरक्षण गर्ने कार्य गरिरहेका एक नेताले बताए ।
लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी बुधवारदेखि नै जनकपुरमा रहेका छन् भने जसपा अध्यक्ष उपेन्द्र यादव बिहीबार जनकपुर आइपुगेका छन् । तत्कालीन संघीय समाजवादी पार्टीबाट पर्सा निर्वाचन क्षेत्र नम्बर ३(ख)बाट निर्वाचित प्रह्लाद गिरी लोसपा रोजेपछि अध्यक्ष यादव स्वयं जनकपुर आएका हुन् । फोरम पृष्ठभुमिका गिरी पहला प्रदेश सासद हुन् । उनले लाेसपालाई रोजेका छन् ।
प्रदेश सभामा जसपाका ५५ जना सासद रहेका छन् । ५५ मध्ये तत्कालीन संघीय समाजवादीका ३० र तत्कालीन राजपाबाट २५ जना सासद रहेका छन् । विभाजनको क्रममा रहेको जसपाबाट अहिलेसम्म ११ जना सासदले लोसपा रोजेका छन् । अर्थात तत्कालीन राजपाका अधिकांश सासदहरुले जसपा नै रोजेका छन् । जनकपुरमा रहेका दुवै पार्टीका शीर्षनेताहरु अहिले विभिन्न होटलमा रहेर नेता तथा कार्यकर्ताहरुसँग छलफलमा व्यस्त देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ भदौ २०७८, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा