एजेन्सी । भारतीय कश्मीरका नेता सैयद अली शाह गिलानीको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उनको ९२ वर्षको उमेरमा बुधबार निधन भएको पारिवारले जानकारी दिएको हो ।
भारतीय शासनको विरोधमा रहेका उनी पछिल्लो ११ वर्ष अधिकांश समय घरमै नजरबन्दमा थिए । भारत सरकारले गिलानीको श्रीनगरस्थित घर वरपर तारबारसहित कडा सुरक्षा व्यवस्था गरेको छ ।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार कर्फ्यू लाग्न सक्ने तथा इन्टरनेट सेवा पनि बन्द हुन सक्ने उल्लेख छ । गिलानी कश्मीरको पृथकतावादी संगठनहरुको समूह हुर्रियत कान्फ्रेन्सका संस्थापक मध्ये एक हुन् । सो समूह अहिले निष्क्रिय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १७ भदौ २०७८, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित