एजेन्सी । भारतीय कश्मीरका नेता सैयद अली शाह गिलानीको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उनको ९२ वर्षको उमेरमा बुधबार निधन भएको पारिवारले जानकारी दिएको हो ।
भारतीय शासनको विरोधमा रहेका उनी पछिल्लो ११ वर्ष अधिकांश समय घरमै नजरबन्दमा थिए । भारत सरकारले गिलानीको श्रीनगरस्थित घर वरपर तारबारसहित कडा सुरक्षा व्यवस्था गरेको छ ।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार कर्फ्यू लाग्न सक्ने तथा इन्टरनेट सेवा पनि बन्द हुन सक्ने उल्लेख छ । गिलानी कश्मीरको पृथकतावादी संगठनहरुको समूह हुर्रियत कान्फ्रेन्सका संस्थापक मध्ये एक हुन् । सो समूह अहिले निष्क्रिय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १७ भदौ २०७८, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’