काठमाण्डौ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इञ्जिनियरिङ कलेजलाई पढाइ शुल्क नलिन पत्राचार गरेको छ । प्रतिनिधि सभा, शिक्षा तथा स्वास्थ्य समितिको निर्णयबमोजिम इञ्जिनियरिङ कलेजलाई कोभिड–१९ सङ्क्रमण कायमै रहेको अवस्थामा अन्य क्रियाकलाप नभएकाले पढाइ शुल्क नलिन विभिन्न विश्वविद्यालयलाई पत्राचार गरेको हो ।
समितिले मङ्गलवार ‘इञ्जिनियरिङ कलेजको विवादित शुल्कका विषयमा कोभिड–१९ सङ्क्रमण कायमै रहेको अवस्थामा अन्य क्रियाकलाप नभएकाले पढाइ शुल्क नलिने व्यवस्था गर्न’ सरकारलाई निर्देशन दिएको थियो ।
शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाबाट हिजो त्यसबारे निर्णय भइ सम्बन्धित विश्वविद्यालयलाई बोधार्थ दिइएको मन्त्रालयले जनाएको छ । पत्रमा त्यस निर्णय कार्यान्वयन गरी प्रगति विवरण मन्त्रालयलाई उपलब्ध गराइदिन भनिएको छ ।
त्यो पत्र त्रिभुवन विश्वविद्यालय, काठमाण्डौ विश्वविद्यालय, पोखरा विश्वविद्यलाय, लुम्बिनी बौद्ध विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयलाई पठाइएको छ । शुल्क विवाद हुँदा यस सङ्कायका परीक्षा अन्योलमाा परेका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १० भदौ २०७८, १० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भर्ना शुल्क विवाद र शैक्षिक समन्वयबारे शिक्षा मन्त्रालयले सरोकारवालासँग छलफल गर्ने
जेन जेड घाइतेलाई नि:शुल्क एमबीबीएस अध्ययनको अवसर नियम विपरीत छैन : शिक्षा मन्त्रालय
सार्वजनिक बिदाबारे फैलाइएको भ्रामक सूचनाप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण
ब्रिज कोर्स र इन्ट्रान्स तयारी कक्षा सञ्चालन रोक्न शिक्षा मन्त्रालयको निर्देशन
शिक्षा मन्त्रालयद्वारा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष र सदस्य पदका लागि आवेदन माग
केशरमहलबाट सिंहदरवारस्थित आफ्नै भवनमा सर्दै शिक्षा मन्त्रालय