‘एमाले विभाजन हुनुमा प्रमुख निर्वाचन आयुक्तको ठूलो भूमिका’

पत्रपत्रिकाबाट

विहीबार, १० भदौ २०७८, ०८ : ०३
‘एमाले विभाजन हुनुमा प्रमुख निर्वाचन आयुक्तको ठूलो भूमिका’

काठमाडौँ । नेकपा (एमाले) विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीको नेता एवं सांसद रामकुमारी झाँक्रीले अहिलेको अवस्था आउनुमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको ठूलो भूमिका रहेको आरोप लगाएकी छन् । 

एकीकृत समाजवादीको पक्षमा खुलेर निर्वाचन आयोगमा नै पुगेका सांसदहरू झलनाथ खनाल, सोमप्रसाद पाण्डे, माया ज्ञवाली, शारदा भट्ट र केही केन्द्रीय सदस्यलाई सनाखत गर्न आयोगले अस्वीकार गरेपछि बुधबार झाँक्रीले उक्त आरोप लगाएकी हुन् ।

'पार्टी विभाजन गरेर यो ठाउँमा आइपुग्नका लागि प्रमुख आयुक्तको धेरै ठूलो भूमिका छ,' झाँक्रीले भनिन् । तत्कालीन नेकपाभित्रको विवाद चर्किएको अवस्थामा २०७७ पुस महिनामा बहुमत पक्षलाई आयोगले आधिकारिकता दिन अस्वीकार गरेको थियो । ुगत पुसमा आयोगले निर्णय नगर्नाले आजको अवस्था आएको हो,ु उनले भनिन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाको उक्त भूमिका बिर्सने अवस्था आफूहरू रहेपनि अहिले आयोगले सम्झाएको झाँक्रीको भनाइ थियो । ुप्रमुख निर्वाचन आयुक्तको त्यो भूमिकालाई बिर्सिने अवस्थामा थियौं । उहाँले एमालेका २ सय ३ जना केन्द्रीय सदस्य र १ सय ५४ जना संघीय सांसदहरूको सूचीबाट नेकपा ९एकीकृत समाजवादी०मा रहन चाहन्छौं भन्नेलाई छनोट गर्न दिनुपर्छ,ु उनले भनिन् ।

भारतको दिल्लीमा उपचाररत झलनाथ खनालको पनि आयोगले सनाखत गर्न अस्वीकार गरेको थियो । परराष्ट्र मन्त्रालय, दिल्लीस्थित भारतका लागि नेपाली दूतावास र काठमाडौंस्थित नेपालका लागि भारतीय दूतावासले समन्वय गर्दा पनि आयोगले सनाखत गर्न आनाकानी गरेको एकीकृत समाजवादीका नेताहरूको भनाइ छ । विगतको प्रतिनिधिमार्फत पनि सनाखत गर्ने अभ्यासलाई अहिले आयोगले पालना नगरेको झाँक्रीको भनाइ थियो । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस