काठमाडौँ । एमालेबाट विभाजित भएको प्रस्तावित नेकपा एकीकृत समाजवादीका नेताहरू आवासीय भेलाका लागि चन्द्रागिरी रिसोर्ट पुगेका छन् । बुधबार पार्टी विभाजनका लागि निर्वाचन आयोगमा सनाखतको तयारी भइरहेका बेला आफू पक्षका नेताहरू दायाँबायाँ नहुन् भन्ने उद्देश्यले उनीहरूलाई एकत्रित गरेर राख्न एकान्तवास लगिएको हो ।
स्रोतअनुसार उनीहरूका लागि सोमबार करिब ५० बेड बुकिङ गरिएको छ । त्यहाँ नेपाल निकट केन्द्रीय सदस्य र सांसदहरू छन् ।सोमबार ओली र तेस्रो धारका नेताहरूबीच पार्टी एकता गरेर अघि बढ्ने गरी बालकोटमा सहमति भएको थियो । उनीहरूबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ ।
तेस्रो धारका नेताहरूले आफू पक्षकालाई प्रभावित पार्न सक्नेसमेत भएकाले नेपालले उनीहरूलाई आफ्नो पक्षबाट दायाँबायाँ हुन नदिन रिसोर्टमा पुर्याएका हुन् ।‘कुन–कुन तहका नेताहरू छन् भन्ने हामीले यकिन गर्न सक्दैनौं,’ स्रोतले भन्यो, ‘तर ४० देखि ५० जनाका लागि सोमबार राति बस्नेगरी बुकिङ भएको छ ।’बुधबार सनाखत हुने भएकाले मंगलबार पनि त्यहीँ बस्ने सम्भावना रहेको स्रोतले बतायो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ भदौ २०७८, १७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’