काठमाडौं । निर्वाचन आयोगले नयाँ दल दर्तासम्बन्धी निवेदनमा उल्लेखित सांसदहरूको बारे बुझन् प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई पत्र पठाएको छ ।
आयोगमा नयाँ दल दर्ताको लागि माधवकुमार नेपाल र महन्थ ठाकुरले निवेदन दिने क्रममा उल्लेख गरिएका सांसदहरू सम्बन्धित दलका हुन् कि होइनन् भनेर छिनोफानो गर्न आयोगले पत्र पठाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । उनले भने– ‘हामी सभामुखको जवाफ पर्खिरहेका छौं ।’
राजनीतिक दल विभाजन गर्न खुकुलो हुने गरी सरकारले अध्यादेश ल्याएपछि नेकपा (एमाले) का वरिष्ठ नेता नेपाल र जसपाबाट अलग्गिएका ठाकुरले नयाँ दल दर्ताको लागि आयोगमा निवेदन दिएका थिए ।
नेपालले आफ्नै नेतृत्वमा नेकपा एकीकृत (समाजवादी) पार्टी र महन्थ ठाकुर पक्षले जनता समाजवादी पार्टी (लोकतान्त्रिक) दर्ताका लागि आयोगमा निवदेन दिएका थिए । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०७ भदौ २०७८, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन पर्यवेक्षण गर्न २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई आयोगले दियो अनुमति
निर्वाचन ८० दिन बाँकी, चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
चुनावी खर्च पारदर्शी बनाउन निर्वाचन आयोगको आग्रह
समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई चिन्ह प्रदान
निर्वाचन आयोग: जनसंख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन
४३ वटा दल समानुपातिक निर्वाचनमा भाग नलिने