काठमाडौं । निर्वाचन आयोगले नयाँ दल दर्तासम्बन्धी निवेदनमा उल्लेखित सांसदहरूको बारे बुझन् प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई पत्र पठाएको छ ।
आयोगमा नयाँ दल दर्ताको लागि माधवकुमार नेपाल र महन्थ ठाकुरले निवेदन दिने क्रममा उल्लेख गरिएका सांसदहरू सम्बन्धित दलका हुन् कि होइनन् भनेर छिनोफानो गर्न आयोगले पत्र पठाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । उनले भने– ‘हामी सभामुखको जवाफ पर्खिरहेका छौं ।’
राजनीतिक दल विभाजन गर्न खुकुलो हुने गरी सरकारले अध्यादेश ल्याएपछि नेकपा (एमाले) का वरिष्ठ नेता नेपाल र जसपाबाट अलग्गिएका ठाकुरले नयाँ दल दर्ताको लागि आयोगमा निवेदन दिएका थिए ।
नेपालले आफ्नै नेतृत्वमा नेकपा एकीकृत (समाजवादी) पार्टी र महन्थ ठाकुर पक्षले जनता समाजवादी पार्टी (लोकतान्त्रिक) दर्ताका लागि आयोगमा निवदेन दिएका थिए । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०७ भदौ २०७८, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने