‘नेपाल आइडल’का निर्णायक परिवर्तन,शम्भुजित, सुगम र शिवानी चयन

सफल खबर संवाददाता

शुक्रबार, ०४ भदौ २०७८, १५ : ५१
‘नेपाल आइडल’का निर्णायक परिवर्तन,शम्भुजित, सुगम र शिवानी चयन

काठमाडौं । गायन रियालिटी सो नेपाल आइडल’ले चौंथो सिजनका लागि निर्णायकमा परिवर्तन गरेको छ । नयाँ निर्णायकमा शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान चयन भएका छन् ।

निर्णायकमा चुनिएपछि वरिष्ठ संगीतकार एवम् गायक बाँस्कोटाले नेपाल आइडलमा आउने आफ्ना सपना पुरा भएको बताए । नेपाल आइडल परिवारको सदस्य हुन पाएकोमा उनले खुशि जनाए । गायक पोखरेल र गायिका मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफू खुशी भएको बताए ।

बाँस्कोटाले भने, “नेपाल आइडलमा आउँछु भन्ने थियो, जुर्दो रहेछ, हिजो पनि नेपाल आइडल राम्रोसँग सञ्चालन भएको थियो, हिजोका जजहरुले राम्रो काम गर्नुभएको छ, व्यवस्थापनले पनि राम्रो किसिमको माहोल क्रिएट गरिदिएको छ, नेपाल आइडल परिवारको सदस्य भएर काम गर्न पाउँदा खुशी छु ।”

नेपाल आइडल सिजन ४ मा तीनजना निर्णायकसहित टीकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि जोडिएकी छन् । अघिल्ला तीन सिजनसम्म न्यूह बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आवद्ध भएपछि व्यवस्थापन समितिले सिजन–४ का लागि नयाँ निर्णायक टीम चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस