काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेका छन् । शर्माले आन्तरिक राजस्व विभागका प्रमुख रहेका झक्कप्रसाद आचार्य र भन्सार विभागका महानिर्देशक रहेका यामलाल भुसाललाई अर्थमन्त्राल तानेका छन्। उनीहरूको स्थानमा सहसचिव शोभाकान्त पौडेलले आन्तरिक राजस्व विभागको प्रमुखको जिम्मेवारी पाएका छन् ।
आचार्य र भुसाल दुवैलाई पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालयको दुई महत्वपूर्ण विभागको जिम्मेवारी दिएका थिए । त्यसैगरी भन्सार विभागको प्रमुख जिम्मेवारी नारायण सापकोटले पाएका छन् ।
बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी समेत हेरफेर भएको छ । यस महाशाखको जिम्मेवारी भुपाल बराललाई दिइएको छ । यसअघिका सुमन दाहाललाई आर्थिक नीति विश्लेषण महाशाखामा पठाइएको छ ।
धनीराम शर्मा अन्तर्राष्ट्रिय वित्तीय सहायता समन्वय महाशाखामा तानिएपछि उनको स्थानमा दाहालले बजेट महाशाखा सम्हालेका थिए । उनलाई डा युवराज खतिवडा अर्थमन्त्री हुँदा भन्सार विभागको प्रमुखको जिम्मेवारी दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ भदौ २०७८, १८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुकुम पश्चिममा जनार्दन शर्माको अग्रता
नेतृत्वले ऐतिहासिक अवसर गुमाउँदा देश सङ्कटको भुमरीमा छ : शर्मा
रुकुम पश्चिममा जनार्दनलाई चुनाव जित्न मुश्किल, यसरी बन्दैछन् गोपाल शर्मा भारी
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक