काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेका छन् । शर्माले आन्तरिक राजस्व विभागका प्रमुख रहेका झक्कप्रसाद आचार्य र भन्सार विभागका महानिर्देशक रहेका यामलाल भुसाललाई अर्थमन्त्राल तानेका छन्। उनीहरूको स्थानमा सहसचिव शोभाकान्त पौडेलले आन्तरिक राजस्व विभागको प्रमुखको जिम्मेवारी पाएका छन् ।
आचार्य र भुसाल दुवैलाई पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालयको दुई महत्वपूर्ण विभागको जिम्मेवारी दिएका थिए । त्यसैगरी भन्सार विभागको प्रमुख जिम्मेवारी नारायण सापकोटले पाएका छन् ।
बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी समेत हेरफेर भएको छ । यस महाशाखको जिम्मेवारी भुपाल बराललाई दिइएको छ । यसअघिका सुमन दाहाललाई आर्थिक नीति विश्लेषण महाशाखामा पठाइएको छ ।
धनीराम शर्मा अन्तर्राष्ट्रिय वित्तीय सहायता समन्वय महाशाखामा तानिएपछि उनको स्थानमा दाहालले बजेट महाशाखा सम्हालेका थिए । उनलाई डा युवराज खतिवडा अर्थमन्त्री हुँदा भन्सार विभागको प्रमुखको जिम्मेवारी दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ भदौ २०७८, १८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्यमान समस्या समाधानको लागि जनार्दन शर्माले दिए यस्तो सुझाव...
समीक्षा गरिहाल्ने अवस्था नहोला, अब नयाँ ढंगले सोचौँ: जनार्दन शर्मा
कम्युनिष्ट पार्टीहरूको पुनर्गठन आवश्यक : जनार्दन शर्मा
संसद्, सरकार र अदालतको गतिविधिकै कारण जनतामा असन्तुष्टि बढ्यो : जनार्दन शर्मा
‘म देश र जनताका लागि आत्मालोचनामात्रै होइन जुनसुकै त्याग गर्न तयार छु' : जनार्दन शर्मा
पार्टी फुट्ने हल्ला भ्रमको खेती मात्रै हो, महाधिवेशनबाट पुनर्गठन हुन्छ: जनार्दन शर्मा