अध्यादेश जारी भएलगत्तै माधव समूहको निर्णायक बैठक सुरु

सफल खबर संवाददाता

बुधबार, ०२ भदौ २०७८, १४ : ०४
अध्यादेश जारी भएलगत्तै माधव समूहको निर्णायक बैठक सुरु

काठमाडौं । राष्ट्रपतिले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह छलफलमा जुटेको छ ।

नयाँ दल दर्ता लागि सबै तयारी पूरा गरेको नेपाल समूह बानेश्वरस्थित अर्याल होटेलमा निर्णायक बैठकका लागि भेला भएका छन् ।

बैठकमा पार्टी विभाजनका लागि तयार भएका केन्द्रीय सदस्य र सांसदहरू उपस्थित छन् । राष्ट्रपतिबाट अध्यादेश जारी हुनेबित्तिकै माधव नेपाल बैठक स्थलामा आएका छन् । उनी आएसँगै बैठक शुरू भएको छ ।

प्रतिक्रिया दिनुहोस