काठमाडौं । दल विभाजन सम्बन्धी अध्यादेशको एमालेले शान्तिपूर्ण जनपरिचालनको माध्यमबाट विरोध गर्ने नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् ।
पार्टीको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै ज्ञवालीले सरकारले २० प्रतिशतले नै पार्टी फुटाउन सक्ने गरी अध्यादेश ल्याउन लागेको बताए । यसो गर्नु संसदीय प्रणालीको विरुद्ध भएको भन्दै उनले आफ्नो पार्टीभित्रका केही पदलोलुप व्यक्तिहरुको प्रभावमा सरकारले सो निर्णय लिएको उल्लेख गरे ।
पत्रकारले उनलाई सोधेका थिए, ‘हिजो केपी ओलीले पनि संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउनुभएकै हो । आज देउवा पनि ओलीकै बाटोमा हिँड्दा तपाईंहरुले खुशी मनाउनुपर्ने होइन ?’
ज्ञवालीले जवाफ दिए, ‘हिजो त्यो गलत थियो भनिसकेपछि आज कसरी सही हुन्छ । सबैतिरबाट आवाज उठाएपछि फिर्ता लिएको होइन ? कि जारी भएको थियो ? आवश्यक छैन भन्ने निष्कर्षमा पुगिसकेको विषय हो यो ।’
आफूहरुले संसदीय दल र केन्द्रीय समिति दुवैतिर ४० प्रतिशतको प्रावधान राख्न खोजेको भए पनि अहिलेको सरकारले २० प्रतिशतले नै फुटाउन सक्ने गरी अध्यादेश ल्याउन लागेको उनले बताए ।अब कुन तरिकाले विरोधमा उत्रिनुहुन्छ ? भन्ने प्रश्नमा ज्ञवालीले भने, ‘एमालेलाई तपाईंहरुले चिन्नुभएकै होला । एमालेकै तरिकाले विरोध हुन्छ । शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनका माध्यमबाट जाने हो ।’
अब एमाले फुटको बाटोमा जान्छ त ? भन्ने प्रश्नमा ज्ञवालीले केही व्यक्तिहरु बाहिरिन सक्ने बताए । ‘यो पार्टीभित्र सकारात्मक ढंगले योगदान गर्न चाहनेलाई बैठकबाटै आह्वान गरेका छौं । तर केही व्यक्तिहरु बाहिरन सक्ने अनुमान गर्न सकिन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ भदौ २०७८, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप
ओलीको झोले नबन्ने भन्दै एमाले छोड्नेको लर्काे
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प