काठमाडौं । दल विभाजन सम्बन्धी अध्यादेशको एमालेले शान्तिपूर्ण जनपरिचालनको माध्यमबाट विरोध गर्ने नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् ।
पार्टीको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै ज्ञवालीले सरकारले २० प्रतिशतले नै पार्टी फुटाउन सक्ने गरी अध्यादेश ल्याउन लागेको बताए । यसो गर्नु संसदीय प्रणालीको विरुद्ध भएको भन्दै उनले आफ्नो पार्टीभित्रका केही पदलोलुप व्यक्तिहरुको प्रभावमा सरकारले सो निर्णय लिएको उल्लेख गरे ।
पत्रकारले उनलाई सोधेका थिए, ‘हिजो केपी ओलीले पनि संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउनुभएकै हो । आज देउवा पनि ओलीकै बाटोमा हिँड्दा तपाईंहरुले खुशी मनाउनुपर्ने होइन ?’
ज्ञवालीले जवाफ दिए, ‘हिजो त्यो गलत थियो भनिसकेपछि आज कसरी सही हुन्छ । सबैतिरबाट आवाज उठाएपछि फिर्ता लिएको होइन ? कि जारी भएको थियो ? आवश्यक छैन भन्ने निष्कर्षमा पुगिसकेको विषय हो यो ।’
आफूहरुले संसदीय दल र केन्द्रीय समिति दुवैतिर ४० प्रतिशतको प्रावधान राख्न खोजेको भए पनि अहिलेको सरकारले २० प्रतिशतले नै फुटाउन सक्ने गरी अध्यादेश ल्याउन लागेको उनले बताए ।अब कुन तरिकाले विरोधमा उत्रिनुहुन्छ ? भन्ने प्रश्नमा ज्ञवालीले भने, ‘एमालेलाई तपाईंहरुले चिन्नुभएकै होला । एमालेकै तरिकाले विरोध हुन्छ । शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनका माध्यमबाट जाने हो ।’
अब एमाले फुटको बाटोमा जान्छ त ? भन्ने प्रश्नमा ज्ञवालीले केही व्यक्तिहरु बाहिरिन सक्ने बताए । ‘यो पार्टीभित्र सकारात्मक ढंगले योगदान गर्न चाहनेलाई बैठकबाटै आह्वान गरेका छौं । तर केही व्यक्तिहरु बाहिरन सक्ने अनुमान गर्न सकिन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ भदौ २०७८, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह