नयाँ पार्टी निर्माणका विषयमा माधव समूहभित्रै चुलियो मतभेद, बैठकबाटै उठेर हिँडे रावल

सफल खबर संवाददाता

मंगलबार, ०१ भदौ २०७८, १३ : ३३
नयाँ पार्टी निर्माणका विषयमा माधव समूहभित्रै चुलियो मतभेद, बैठकबाटै उठेर हिँडे रावल

काठमाडौँ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको समूहभित्रै नयाँ पार्टी निर्माणका विषयमा मतभेद चुलिएको छ।

सरकारले दल विभाजन गर्न सजिलो हुने गरी अध्यादेश जारी गर्ने तयारी गरिरहँदामाधव समूहभित्रका कतिपय नेताहरु अहिले नै नयाँ पार्टी निर्माण गर्ने निर्णयमा जानु भन्दा एमाले एकताका लागि अझै पनि संघर्ष गर्नुपर्ने पक्षमा उभिएका छन्।

सिंहदरबारमा माधव समूहको आन्तरिक छलफलको बीचमै निस्केका सांसद झपट रावलले दल विभाजनका लागि हतार गर्न नहुने सुझाव आफूले दिएको बताए।

पार्टी एकताका लागि अझै संघर्ष गर्नुपर्ने सुझाव आफूले दिएको र अधिकांश नेताहरुको चाहना पनि त्यसविपरीत नरहेको उनले बताए।

तर बैठकमा रावलले एकताका लागि संघर्ष गर्नुपर्ने धारणा राखेपछि वरिष्ठ नेता नेपाल उनीसँग आक्रोशित बनेका थिए।

ओली कुनै हालतमा नुसुध्रिने भन्दै नेपालले रावललाई ‘हप्काएको’ बैठकमा सहभागी एक नेताले बताए। नेता नेपाल आक्रोशित बनेपछि रावल बैठकस्थलबाट बाहिरिएका हुन्।

प्रतिक्रिया दिनुहोस