काठमाडौं । मौद्रिक नीति पछिको दोस्रो कारोबार सोमबार शेयर बजार करिब ६ अंकले बढेको छ । नेप्से परिसूचक ५.७२ अंकले बढेर ३ हजार १ सय ६० दशमलव ०५ अंकमा पुगेको हो ।
नेप्सेपरिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ५६ अंकले बढेको छ । सेयर कारोबार रकम भने १६ अर्ब पनि पुगेन ।
यस अघि आइतबार नेप्से परिसूचक २४ अंकले घट्दा २१ अर्ब नाघेर सेयर कारोबार रकमले नयाँ इतिहास बनाएको थियो ।सोमबार १ लाख ५९ हजार ९३ कारोबारबाट १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९ सय ३८ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३२ साउन २०७८, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि
२८ सयमुनि झर्यो सेयर बजार
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
दोहोरो अंकले बढ्यो नेप्से
१० अंक बढ्यो सेयर बजार