काठमाडौं । अफगानिस्तानमा तालिबान र सरकार बीच द्वन्द्व उत्कर्षमा पुगेको छ । थुप्रै शहर नियन्त्रणमा लिएपछि तालिबान विद्रोही समूह अफगानिस्तानको राजधानी काबुल प्रवेश गर्न थालेका छन् ।
अफगानिस्तानमा रहेका नेपालीहरुको तत्काल उद्वार गर्न नेताहरूले सरकार सङ माग गरेका छन् ।
पुर्व प्रधानमन्त्री तथा जसपा अध्यक्ष बाबुराम भट्टराईले टुइट गर्दै लेखेका छन् ‘अफगानिस्तानमा सुरक्षा संकटमा परेका१४हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले आलटालरवहानावाजी गर्नुभएन। पहिलो त त्यस्ता द्वन्दग्रस्त ठाउॅमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुॅदैनथ्यो । गैसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो। किन्तुपरन्तु नहोस्’
त्यस्तै राप्रपा अध्यक्ष कमल थापाले पनि अफगानिस्तानमा रहेका नेपालीहरुलाई तत्काल स्वदेश ल्याउन आग्रह गरेका छन् । उनले लेखेका छन् ‘अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन र उनीहरुको पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ ।’
त्यस्तै नयाँ शक्ति पार्टीका संयोजक रवि किरण हमालले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गर्दै अफगानिस्तानमा रहेका नेपालीको यथासिघ्र उद्वार गरेर स्वदेश फर्काउन आग्रह गरेका छन् । किरणले सार्क रास्ट्र हुनुको नाताले अफगानी नागरिकको शान्ति,स्थायित्व र जीवन रक्षाका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न नेपाल पछाडि हट्न नहुने सुझाव दिएका छन् ।
सत्तासिन पार्टीका युवा नेता गगन कुमार थापाले प्रतिनिधिसभा बैठकमा अफगानिस्तानमा रहेका नेपाली उद्वार गर्न ध्यानाकर्षण गराइसकेका छन् ।
अमेरिकी सेनाले अफगानिस्तान छोडे सङै तालिवानहरुले एकपछि अर्को शहर कब्जा गर्दै गएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ साउन २०७८, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु