आनन्द कार्कीको गीत ‘ब्रम्हचारी’ सार्वजनिक (भिडियोसहित )

सफल खबर संवाददाता

शुक्रबार, २९ साउन २०७८, १२ : २९
आनन्द कार्कीको गीत ‘ब्रम्हचारी’ सार्वजनिक (भिडियोसहित )

काठमाडौं ।आनन्द कार्कीको स्वरमा रहेको गीत ‘ब्रम्हचारी’ सार्वजनिक भएको छ । पुरुषोत्तम लामिछानेको शब्द, राजु सिंहको सङ्गीत र अमुल कार्कीढलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । कृष्ण महर्जनको रकेर्डिष्ट रहेको गीतमा किशोर थापाको माष्टर तथा मिक्सिङ रहेको छ ।

जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा आफूले मन पराएको मायालाई न पाएमा बरु ब्रम्हचारी नै बस्छु भन्ने भाव व्यक्त गरिएको छ । झुटो माया लाउदिन बरु ब्रम्हचारी बस्छु भनिएको छ गीतमा ।

निर्माण निर्देशन गीतकार वसन्त वित्यासी थापा रहेको गीतको भिडियोमा सुनिल गुरुङ र प्रतिक्षा खतिवडालाई फिचरिङ गरिएको छ । दिपेन बस्न्यातको छायाँकन तथा सम्पादन रहेको भिडियोमा नन्दा अधिकारीको शृङ्गार छ ।

भिडियो भकारी एमडिसीले निर्माण गरेको हो भने बेष्ट टोन म्युजिकको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतकार लामिछानेको का थुप्रै गीत सार्वजनिक भएका भएपनि यो पहिलो सार्वजनिक भिडियो हो ।

 

प्रतिक्रिया दिनुहोस