बुटवल । लुम्बिनी प्रदेशमा नव गठित मन्त्रीपरिषदका मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारमा मन्त्री बनेपछि प्रदेश सभा सदस्य अजय शाहीलाई नेकपा एमालेले स्पष्टीकरण सोधेको छ ।
हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहमा रहेका शाही चार दलीय गठबन्धनमा सामेल हुँदै बिहीबार विनाविभागीय मन्त्री नियुक्त भएका थिए । उनीसूर्य चुनाव चिह्नबाट निर्वाचित सांसद हुन् ।
उनले एमालेको साथ छाडेपछि एमाले संसदीय दलले तीन दिनभित्र आफैं उपस्थित भई स्पष्टीकरण दिन भनेको छ । संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालको हस्ताक्षरमा सोधिएको स्पष्टीकरण पत्रमा शाहीले असार ३० गते बजेट पारित गर्ने दिन प्रदेश सभामा अनुपस्थित भई पार्टीको ह्वीप उल्लंघन गरेको र साउन २७ गते प्रदेश सभा बैठक बहिस्कार गर्ने पार्टी निर्णय विपरीत बैठकमा उपस्थित भएको उल्लेख छ । तीन दिन भित्र चित्तबुझ्दो जवाफ नआए कारबाही प्रकृया अघि बढाइने पत्रमा उल्लेख छ ।
शाहीले भने आफू सूर्य चिन्हबाट चुनाव जिते पनि स्वतन्त्र सांसद भएको बताए । ‘म स्वतन्त्र सांसद हुँ, मलाई एमालेले कारबाही गर्न मिल्दैन, गर्यो भने अदालत जान्छु,’ शाहीले भने । एमालेले शाहीसँगै तत्कालीन नेकपाबाट चुनाव जितेकी विमला वलीलाई पनि कारबाही प्रक्रिया अघि बढाएको एमाले सचेतक ढकालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ साउन २०७८, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि