काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ। महाधिवेशन र क्रियाशील सदस्यता विवादबारे ठोस निर्णय नगरी बिहीबारको बैठक स्थगित भएको थियो।
आज पनि बिहान ११ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक बस्न लागेको हो। बिहीबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका पेश गरेका थिए भने क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले विवादबारे जानकारी गराएका थिए।
छानबिन समितिका संयोजक लेखकले १३ वटा निर्वाचन क्षेत्रको विवाद मिल्न बाँकी रहेको जानकारी गराए। क्रियाशील सदस्यता छानबिन समितिमा रहेर प्रतिवेदन पेश गर्दा फरक मत राखेका कल्याण गुरुङ, प्रदीप पौडेल र योगेन्द्र चौधरीले आफ्ना धारणा राखेका थिए।
उनीहरुले गुरुङले क्रियाशील सदस्यताको ओरिजिलन कपी पेश नभइ सभापतिलाई प्रतिवेदन बुझाइएको भन्दै फरक मत राखेका थिए। त्यस्तै केन्द्रीय सदस्यहरु मोहन बस्नेत र हृदयराम थानीले आफ्नो जिल्लामा भएको विवादबारे बैठकलाई जानकारी गराएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ साउन २०७८, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने