काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ। महाधिवेशन र क्रियाशील सदस्यता विवादबारे ठोस निर्णय नगरी बिहीबारको बैठक स्थगित भएको थियो।
आज पनि बिहान ११ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक बस्न लागेको हो। बिहीबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका पेश गरेका थिए भने क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले विवादबारे जानकारी गराएका थिए।
छानबिन समितिका संयोजक लेखकले १३ वटा निर्वाचन क्षेत्रको विवाद मिल्न बाँकी रहेको जानकारी गराए। क्रियाशील सदस्यता छानबिन समितिमा रहेर प्रतिवेदन पेश गर्दा फरक मत राखेका कल्याण गुरुङ, प्रदीप पौडेल र योगेन्द्र चौधरीले आफ्ना धारणा राखेका थिए।
उनीहरुले गुरुङले क्रियाशील सदस्यताको ओरिजिलन कपी पेश नभइ सभापतिलाई प्रतिवेदन बुझाइएको भन्दै फरक मत राखेका थिए। त्यस्तै केन्द्रीय सदस्यहरु मोहन बस्नेत र हृदयराम थानीले आफ्नो जिल्लामा भएको विवादबारे बैठकलाई जानकारी गराएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ साउन २०७८, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस
काँग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकका लागि आज अन्तिम समय सीमा
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण