काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको बिहीबार एक महिना पूरा भएको छ । सरकार गठन भएको एक महिना बितिसक्दासमेत अझै मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । यस अवधिमा प्रधानमन्त्री देउवाले पाँचजना मन्त्री नियुक्ति गर्नेबाहेक अन्य मन्त्री नियुक्त गर्न सक्नुभएको छैन ।
सत्ता गठबन्धनले सरकारको न्यूनतम साझाकार्यक्रम सार्वजनिक गरेपनि महत्वपूर्ण मानिएको मन्त्रिमण्डलले भने पूर्णता पाउन सकेको छैन । मन्त्रालय भागवण्डामा गठबन्धन दलहरूबीच सहमति जुटे पनि सरकारमा सहभागी हुने विषयमा सत्तारूढ दलहरूबीच किचलो रहेको छ । प्रधानमन्त्री देउवाले सरकारलाई पूर्णता दिन चाहे पनि माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अझै मन्त्री छनोट गर्न सकेका छैनन् ।
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेसँगै मन्त्रिमण्डललाई पूर्णता दिने सत्तागठबन्धले तयारी गरे पनि आ–आफ्नो दलभित्रको किचलोको कारण मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन् । मन्त्रिमण्डलले पूर्णता पाउन नसक्दा प्रधानमन्त्री देउवाले आफ्नो निजी सचिवालयसमेत गठन गर्न सक्नुभएको छैन ।
मन्त्रिमण्डललाई पूर्णता दिन सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच दैनिकरूपमा वार्ता र छलफल हुने गरे पनि सहमति जुट्न सकेको छैन । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीभित्र मन्त्री बन्न हानाथाप शुरू भएपछि मन्त्रिमण्डल विस्तारमा ढिलाई हुँदै आएको हो । त्यसै गरी सरकारले कोभिड संक्रमणको दर बढिरहे पनि रोकथाम र नियन्त्रणको लागि प्रभावकारी कार्यक्रम अझै सार्वजनिक गर्न सकिरहेको छैन । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २९ साउन २०७८, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेनलाई निम्तो दिन भारतीय विदेश सचिव बैशाख २८ मा काठमाडौं आउने
प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, पत्नी सविनाले फेसबुकमाबाट दिइन जन्मदिनको शुभकामना
बालेन सरकारको एक महिना पूरा १०० कार्यसूची : कागजमा महत्वाकांक्षा, कार्यान्वयनमा मिश्रित संकेत
प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुलापत्र
पत्रकार महासंघले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो
थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गर्न सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन