पाकिस्तान । पाकिस्तानले नेपाललाई ३० वटा भेन्टिलेटर र ३० वटा सिपिएपी ब्रेथिङ इक्विपमेन्ट सहयोग गरेको छ । १ करोड ९० लाख रुपैयाँ बराबरका यी उपकरण पाकिस्तानका चार्ज डि एफियर्स अदनान जाभेद खानले बिहीबार स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेललाई हस्तान्तरण गरेका छन् । यी सबै उपकरण पाकिस्तानमै तयार भएका हुन् ।
पाकिस्तानले यसअघि सार्क सदस्य राष्ट्रहरूलाई कोभिड– १९ आपतकालिन सहायता कार्यक्रमअन्तर्गत सहयोग गर्ने वाचा गरेको थियो । यसअघि गत महिना पाकिस्तानले यही कार्यक्रमअन्तर्गत नेपाल सरकारलाई ४ करोड ३० लाख रुपैयाँ सहयोग गरेको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै अदनान जाभेद खानले नेपाललाई कोरोना महामारीको नियन्त्रण र उपचारमा पाकिस्तानले निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । डा.पोखरेलले सहयोगका लागि पाकिस्तान सरकार र पाकिस्तानी जनताप्रति आभार व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ साउन २०७८, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानको क्वेटामा रेलमार्ग नजिक विस्फोट, २० जनाको मृत्यु, दर्जनौँ घाइते
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु