पाकिस्तान । पाकिस्तानले नेपाललाई ३० वटा भेन्टिलेटर र ३० वटा सिपिएपी ब्रेथिङ इक्विपमेन्ट सहयोग गरेको छ । १ करोड ९० लाख रुपैयाँ बराबरका यी उपकरण पाकिस्तानका चार्ज डि एफियर्स अदनान जाभेद खानले बिहीबार स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेललाई हस्तान्तरण गरेका छन् । यी सबै उपकरण पाकिस्तानमै तयार भएका हुन् ।
पाकिस्तानले यसअघि सार्क सदस्य राष्ट्रहरूलाई कोभिड– १९ आपतकालिन सहायता कार्यक्रमअन्तर्गत सहयोग गर्ने वाचा गरेको थियो । यसअघि गत महिना पाकिस्तानले यही कार्यक्रमअन्तर्गत नेपाल सरकारलाई ४ करोड ३० लाख रुपैयाँ सहयोग गरेको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै अदनान जाभेद खानले नेपाललाई कोरोना महामारीको नियन्त्रण र उपचारमा पाकिस्तानले निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । डा.पोखरेलले सहयोगका लागि पाकिस्तान सरकार र पाकिस्तानी जनताप्रति आभार व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ साउन २०७८, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला
भारत र पाकिस्तानबीच आज वार्ता हुँदै
साउदी विदेशमन्त्रीले गरे भारत र पाकिस्तानसँग तनाव कम गर्नेबारे छलफल
पाकिस्तानद्वारा भारतविरुद्ध ‘अपरेसन बुनियान मरसुस’ सुरु
भारतले क्षेप्यास्त्र हान्यो, जवाफ दिन हाम्रो सेना तम्तयार: पाकिस्तान
भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको अमेरिकी राजदूतलाई पाकिस्तानद्वारा जानकारी