काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले युवामा भएको क्षमता, सोच र सीपलाई भरपुग उपयोग गर्नुपर्ने बताएकी छिन ।‘अन्तर्राष्ट्रिय युवा दिवस’ का अवसरमा राष्ट्रिय युवा परिषदद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा शुभकामना दिनुहुँदै उनले राज्यले युवा विकासलाई उच्च प्राथमिकतामा राखेर उनीहरुमा रहेको उर्जा, सोच र साहसलाई भरपुर उपयोग गर्नुपर्ने बताएकी हुन ।
राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्य हासिल गर्नका लागि स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गरी युवालाई उत्पादनसँग जोड्नु आवश्यक रहेको उल्लेख गर्दै मुलुकको सकारात्मक परिवर्तनका लागि नेपाली युवालाई सिर्जनात्मक सोचसहित प्रेरणा मिलोस् भन्ने कामनासमेत गरीन् ।
युवा शक्ति देशको शक्ति हो भन्दै उनले युवाको काँधमा परिवार, समाज र राष्ट्रको ठूलो जिम्मेवारी रहेको बताईन्। राष्ट्रपति भण्डारीले युवा जनशक्ति बेरोजगार हुँदा मुलुकको समग्र आर्थिक र समाजिक प्रणाली नै अवरुद्ध हुने उल्लेख गर्दै युवाको ठूलो पङ्क्ति विदेश पलायन हुँदा दिगो अर्थतन्त्रको विकासका लागि समेत प्रतिकूलता सिर्जना हुन पुग्ने बताईन्। “युवाहरु रोजगारीका लागि विदेशिँदा हाम्रा कतिपय सामाजिक सांस्कृतिक मूल्य मान्यतामा विचलन आएको छ । यसले पारिवारिक सुख, शान्तिमा पनि खलल पुगेको छ”, उनले भनिन्, “सीपको अभावमा वैदेशिक रोजगारीमा जाँदा न्यून आम्दानी हुनुका साथै स्वास्थ्य सुरक्षा र नोकरी पनि असुरक्षित हुन जान्छ ।”
राष्ट्रपति भण्डारीले कृषिजन्य पदार्थ र वनजन्य वस्तुको उच्च व्यापार घाटालाई न्यूनीकरण गर्नका लागि युवालाई कृषि क्रान्तिमा सामेल गराउनुपर्ने उल्लेख गर्दै युवालाई सीपयुक्त गुुणस्तरीय शिक्षाद्वारा नवप्रवर्तनमा सहभागी गराउनुपर्ने आवश्यकता रहेको बताईन। कोभिड–१९ महामारीले अर्को चुनौती थपिएको बताउँदै उनले सङ्क्रमणकै कारण कृषि प्रणालीमा प्रतिकूलता र खाद्यान्न उत्पादन, वितरण र उपभोगमा समेत समस्या पैदा भएको उल्लेख गरीन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ साउन २०७८, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल