काठमाडौं । कारोबार हुने साताको अन्तिम दिन शेयर बजार परिसूचक ‘नेप्से’ दोहोरो अंकले बढेको छ । उतारचढावबीच नेप्से १६ अंकले बढेर ३ हजार १ सय ७८ विन्दुमा पुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो ।
यस दिन कारोबार भएका सात कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किक लागेको छ । महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, साइन रेसुङ्गा विकास बैंक, माउन्टेन इनर्जी, रुरु हाइड्रो, जीवन विकास लघुवित्त र युनियन लाइफका लगानीकर्ताले सबैभन्दा १० प्रतिशतले कमाएका छन् ।
बिहीबार विकास बैंक समूह ३ सय ४६ अंकले बढ्दा, उत्पादन १ सय १६, फाइनान्स ३२, जीवन बीमा ३१, बैंक ९ तथा लगानी समूह र म्यूचल फन्ड १ अंकले बढेर हरियो हुँदा बाँकी समूह राताम्मे भए ।
यस दिन २ सय २५ कम्पनीका ३ करोड ६६ लाख ८ हजार ४ सय ६१ कित्ता सेयर किनबेच हुँदा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार १ सय १५ रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ साउन २०७८, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार
दोहोरो अंकले घट्यो नेप्से