काठमाडौं । कारोबार हुने साताको अन्तिम दिन शेयर बजार परिसूचक ‘नेप्से’ दोहोरो अंकले बढेको छ । उतारचढावबीच नेप्से १६ अंकले बढेर ३ हजार १ सय ७८ विन्दुमा पुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो ।
यस दिन कारोबार भएका सात कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किक लागेको छ । महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, साइन रेसुङ्गा विकास बैंक, माउन्टेन इनर्जी, रुरु हाइड्रो, जीवन विकास लघुवित्त र युनियन लाइफका लगानीकर्ताले सबैभन्दा १० प्रतिशतले कमाएका छन् ।
बिहीबार विकास बैंक समूह ३ सय ४६ अंकले बढ्दा, उत्पादन १ सय १६, फाइनान्स ३२, जीवन बीमा ३१, बैंक ९ तथा लगानी समूह र म्यूचल फन्ड १ अंकले बढेर हरियो हुँदा बाँकी समूह राताम्मे भए ।
यस दिन २ सय २५ कम्पनीका ३ करोड ६६ लाख ८ हजार ४ सय ६१ कित्ता सेयर किनबेच हुँदा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार १ सय १५ रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ साउन २०७८, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता २.२ प्रतिशतले घट्यो सेयर बजार
सेयर बजार २७१९ अंकमा झर्यो
१९.८९ अङ्कले घट्यो सेयर बजार, ४ अर्ब ४३ करोडको कारोबार
सेयर बजारमा दोहोरो अंकको वृद्धि
सेयर बजारका सबै सूचक घटे
सेयर बजार घट्यो, ८ अर्ब ९ करोडको कारोबार