सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ ड्याम साइड फ्याक्सिन्दामा निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको सुरुङभित्र ढुङ्गा खस्दा एकजना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा भारतको अरुणअञ्चल प्रदेशका ३५ वर्षीय इञ्जीनियर ताबु ताजी रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख योगराज खतिवडाले जानकारी दिए ।
उनको टाउको गम्भीर चोट लागेको र जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि आज बिहान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
आयोजनामा भारतीय र नेपाली तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २८ साउन २०७८, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने सैद्धान्तिक सहमति
भारतको सहयोगमा सङ्खुवासभामा ४ करोड रुपैयाँ लागतमा विद्यालय भवन बन्ने
काँग्रेसको सङ्खुवासभा सभापतिले दिए पदबाट राजीनामा
सङ्खुवासभा बाढी अपडेट: दुई जनाको उद्धार, १५ अझै बेपत्ता