के सैनिक अदालतले निर्दोष जवानलाई फसाएकै होत ? के हो भरत गुरुङको हत्यामा प्रयोग भएको एसएमजीको रहस्य ?

प्रकाश सिग्देल

बुधबार, २७ साउन २०७८, १५ : ३९
के सैनिक अदालतले निर्दोष जवानलाई फसाएकै होत ? के हो भरत गुरुङको हत्यामा प्रयोग भएको एसएमजीको रहस्य ?

चितवन । चितवन भरतपुरको कालिबहादुर गणबाट हतियार हराएको अभियोगमा सैनिक अदालतबाट दोषी ठहर भई सजाए भोग गरेका दुई सौनिक जवान निर्दोश रहेको तथ्य नजिक नजिक आई पुगेको अधिकारकर्मीहरुले बताएका छन् ।

कालिबहादुर गणबाट ३ वर्ष अगाडी २०७५ पुस ३ मा (१०७९२) नम्बरको एसएमजी चोरी भएको थियो । त्यही हतियार चोरी गरेको अभियोगमा सोही गणमा कार्यरत लभ कुमार गुरुङ र सरोज तामाङलाई सेनाले हिरासतमा लिई सौनिक अदालतमा मुद्धा चलाएको थियो ।

सौनिक अदालतले दुबैैजनालाई दोषी ठहर गरेर २०७५ चैत्र १८ बाट कैद गणना हुने गरी २०७६ बैशाख ६ मा जिल्ला कारागारमा कैद सजाय भुक्तानिका लागी चलान गरेको थियो । गुरुङलाई १० वर्ष र तामाङलाई  ७ वर्ष कैद सजाए अदालतले तोकेको थियो । उनिहरु दुबैजना अहिले भरतपुर कारागारमा कैद सजाय भोगिरहेका छन् ।

सो घटनामा दोषी भनिएका र उनका परिवारले आफुहरु माथि सैनिक अदालतले अन्याय गरेको र तत्कालिन मेजरले ब्याक्तिगत रिसिईबी साध्न फसाएको बताउँदै आएका थिए ।

चितवनमा नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्यामा  सैनिक जवान गंगाधर ढकालले प्रयोग गरेको एसएमजी हतियार ३ वर्षअघि कालिबहादुर गण सैनिक ब्यारेकबाट चोरेको बिषय आधिकारिक जानकारी नगराईए पनि बाहिर आउन थालेपछि गुरुङ र तामागंलाई सौनिक अदालतले अन्याए गरेको त होईन भन्ने आम चासो अधिकार कर्मीहरुले राखेका छन् ।

गुरुङ हत्यामा प्रयोग भएको हतियार दुई वर्ष अगाडी कालिबहादुर गणबाट हराएको हतियार भएको अनुसन्धानबाट खुलेकोले हतियार चोरी अभियोगमा जेल सजाए भोगेका गुरुङ र तामाङ निर्दोष रहेको ठहर अधिकारकर्मीहरुले गरेका छन् ।

अहिलेको एस एमजिको नम्बर सार्वजनिक नगरेपनि हतियार त्यही हो भन्ने कुरा खुलेकाले सेनाले दुई निर्दोष युवालाई अपराधी ठहर गरेको घटना क्रमले प्रमाणित गर्दै लगेको मानब अधिकार रक्षाका लागी सक्रिय एक अधिकारकर्मीले बताईन् । घटनाको सत्य तथ्य छानबीन गरी सार्वजनिक गर्नुपर्ने उनको भनाई छ ।

परिवारका सदस्यले पनि आफुहरुलाई फसाईएको भनेर सुरुदेखिनै भन्दै आएको र अहिले एस एम जि नै फैला परेपछि त्यसले उनिहरु निर्दोष रहेको तथ्यसंग मेल खाएको आफुले ठहर गरेको ति अधिकारकर्मीले बताईन् ।

अनुसन्धान भै राखेको छ : एसपी अधिकारी

चितवनका एसपी ओम अधिकारीका अनुसार हत्यामा नेपाली सेनासँग रहेको स्वचालित सट मेशिन गन एसएमजी प्रयोग गरिएको थियो । यो हतियार कहाँबाट हराएको हो भन्ने कुरा चाहि अहिले सम्म आफुहरुलाई जानकारीमा नआएको र आफुहरुले अनुसन्धान गरिरहेको बताए । तर अनुसन्धान अधिकारीहरुले भने सैनिक जवान ढकालले सो हतियार २ वर्षअघि सैनिक ब्यारेकबाट चोरेको खुलेकोे बताएका छन् ।  

सेनाको आन्तरिक अनुसन्धान र प्रहरीको अनुसन्धानबाट पनि हत्यामा प्रयोग गरिएको एसएमजी चितवन स्थित कालीबहादुर गणबाट चोरिएको हतियार नै हो भन्ने पुष्टि भएको स्रोत बताउँछ ।

नेपाली सेना र प्रहरीले त्यसबारे औपचारिक जानकारी भने गराएको छैन् । पछिल्लो अनुसन्धानबाट गंगाधर ढकालले अङ्कुसेले तानेर हतियार चोरेको बताएको अनुसन्धान अधिकारीहरुले बताएका छन् ।

मिडियामा प्रचारबाजीले अनुसन्धान प्रभावित हुन्छ : सैनिक प्रबक्ता

नेपाली सेनाका प्रबक्ता सन्तोष बलल्भ पौडेलले घटनामा प्रयोग भएको हतियारको बिषय छानबिनको शिलसिलामा रहेकोले आफुले मिडियामा दिन मिल्ने केही सुचना नभएको बताए  ।

हतियारको बिषयमा नेपाल प्रहरी र नेपाली सेनाले आ आफनो तरिकाले अनुसन्धान गरिरहेकाले अनुसन्धानले पुर्णता नपाउँदा सम्म आधिकारीक कुरा यो होला भनेर भन्न नमिल्ने र मिडियामा प्रचारबाजिले अनुसन्धान प्रभावित हुने उनको तर्क छ । आधिकारिक्ता प्रमाणित भएपछि आफुहरुले पत्रकारहरुलाई जानकारि गराउने उनले बताए ।

 कारागार पुगेर के भने सेनाका अधिकारीले

हराएको भनिएको हतियार फेला परेपछि हतियार चोरी गरेको अभियोगमा कारागारमा रहेका सेनाका दुई कैदिलाई भेट्न कालिबहादुर गण भरतपुर ब्यारेकबाट टोली समेत पुगेको र दुई जनालाई भेटेको बताईएको छ । ब्यारेकबाट पुगेको टोलीले दुई जनालाई भेटेपनि के के बिषयमा कुरा भयो भन्ने कुरा चाहि स्रोतले बताउन चाहेन् ।कारागार प्रमुख कोरोना संक्रमित भएका बेला ब्यारेक बाट सेनाका अधिकारी कारागारमा आएर दुई जनालाई भेटेको कारागार स्रोतले बतायो ।

गुरुङ र तमाङले गरेको पुनराबेदनमा आएको छैन् फैसला

त्यही हतियार चोरेको अभियोग लागेका दुवैजना सौनिक अदालतको फैसला बमोजिम जिल्ला कारागार भरतपुरमा सजाए भोग गरिरहेका छन् ।  गुरुङ र तमाङले आफुहरु निर्दोष रहेको र सौनिक अदालतले आफुहरु माथि अन्याए गरेको भनि पुनराबेदन गरेका हुन् ।

उनिहरुले सौनिक अदालतको निर्णय बिरुद्ध पुनराबेदन गरेको र त्यसको फैसला नआईसकेकाले अहिले उनिहरु जिल्ला कारागार भरतपुरमा सजाय भोग गरिरहेको कारागारका प्रमुख जेलर कमल प्रसाद काफलेले बताए ।

 

 

 

प्रतिक्रिया दिनुहोस