क्यूआर कोडसहितको खोप प्रमाणपत्र वितरण स्थगित, अनलाइनबाट आवेदन दिन सकिने

सफल खबर संवाददाता

बुधबार, २७ साउन २०७८, १३ : ३३
क्यूआर कोडसहितको खोप प्रमाणपत्र वितरण स्थगित, अनलाइनबाट आवेदन दिन सकिने

काठमाडौं । तत्कालका लागि क्यूआर कोडसहितको खोप प्रमाणपत्र वितरण स्थगित भएको छ ।

स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै कीर्तिपुरमा आवेदन बुझाएकाको क्यूआर कोड सहितको प्रमाणपत्र जारी नभएसम्म थप आवेदन फारम लिने कार्य रोकिएको जनाएको छ ।

मन्त्रालयका अनुसार vaccine.mohp.gob.np/public-request मा फर्म भर्न सकिने छ । अनलाइन फारम भरेकाले प्रमाणपत्र तयार भयो वा भएन भनेर थाहा पाउन vaccine.mohp.gob.np/search मार्फत जानकारी पाउन सक्ने भएका छन् । प्रमाणपत्र तयार भएपछि यस लिंकबाट प्राप्त गर्न सकिने मन्त्रालयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस