काठमाडौं । नेप्से परिसूचक कारोबारको दोस्रो दिन पनि झिनो अंकले मात्र बढेको छ । आज १.५४ अंकले बढ्दै ३,१०९.६७ विन्दुमा रोकिएको छ । आइतबार पनि नेप्से १ अंकभन्दा कमले बढेको थियो ।
नेप्से परिसूचक झिनो अंकले बढेपनि कारोबार रकम भने उत्साह जनक नै छ । २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ताको किनबेचमा १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ८८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज हाइड्रोपावर कम्पनीको शेयर कारोबारमा उछाल आएको छ । हाइड्रोपावर र फाइनान्स कम्पनीका शेयर मूल्य ३।३५ प्रतिशतले बढेको छ । आज सात वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
अरुणभ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी, अपर तामाकोशीको कारोबार ५८ करोड रुपैयाँ बराबरको भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ साउन २०७८, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता २.२ प्रतिशतले घट्यो सेयर बजार
सेयर बजार २७१९ अंकमा झर्यो
१९.८९ अङ्कले घट्यो सेयर बजार, ४ अर्ब ४३ करोडको कारोबार
सेयर बजारमा दोहोरो अंकको वृद्धि
सेयर बजारका सबै सूचक घटे
सेयर बजार घट्यो, ८ अर्ब ९ करोडको कारोबार