काठमाडौं । नेप्से परिसूचक कारोबारको दोस्रो दिन पनि झिनो अंकले मात्र बढेको छ । आज १.५४ अंकले बढ्दै ३,१०९.६७ विन्दुमा रोकिएको छ । आइतबार पनि नेप्से १ अंकभन्दा कमले बढेको थियो ।
नेप्से परिसूचक झिनो अंकले बढेपनि कारोबार रकम भने उत्साह जनक नै छ । २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ताको किनबेचमा १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ८८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज हाइड्रोपावर कम्पनीको शेयर कारोबारमा उछाल आएको छ । हाइड्रोपावर र फाइनान्स कम्पनीका शेयर मूल्य ३।३५ प्रतिशतले बढेको छ । आज सात वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
अरुणभ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी, अपर तामाकोशीको कारोबार ५८ करोड रुपैयाँ बराबरको भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ साउन २०७८, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार
दोहोरो अंकले घट्यो नेप्से