चितवन । भरतपुर महानगर २१ पार्वतीपुरका किसान नारायण प्रसाद सोतीले ड्रागन खेतीको भित्र अन्तर बालिका रुपमा धान खेती गरेर नयाँ परिक्षण गरेका छन् । ड्रागन खेतीका लागि पानी नजम्ने र उच्च जमिन आवश्यक पर्ने भनेर कृषि विज्ञ र व्यवसायीक कृषकहरुले बताईरहदा उनले भने ड्रागनका बिरुवाको बिचमा धान रोपेर नयाँ परिक्षण गरेका हुन् ।
सोतीले ४ कठ्ठा घरबारीमा १ सय २० पोलमा ४ सय ८० बिरुवा रोपेर नयाँ परिक्षण गरेका हुन् । बिरुवा रोपेर खालि रहेको जमिनमा परिक्षणका रुपमा अन्तर बालिका रुपमा धानखेती गरेको सोतीको भनाई छ ।
बिरुवा रोपेर रहेको बिचको जमिन खाल्टो पानि जम्ने र झार आउने समस्या भएकाले यस पटक परिक्षणका लागि धान लगाएको सोतीको भनाई छ । पानी जमेर ड्रागन खेतिलाई असर गर्ने भनेर भनिए पनि यसले ड्रागन खेतीलाई खास असर गरेको महशुस आफुले नगरेको सोतीको तर्क छ ।
आफुले बारबेर र बिरुवा रोपन गर्दा ७ लाख जति लगानी भएको सोतीले बताए । पछिल्लो समय ड्रागन खेतिको चर्चा र लोकप्रियता बढेकाले आफुले पनि खालि रहेको घरबारिमा परिक्षणका लागि यो काम गरेको सोती बताउछन् । ड्रागनका बिचमा गरिएको धान खेती र डागन खेती एकै ठाउँमा सफल भए यसले कृषिमा नयाँ क्रान्ति ल्याउने तर्क उनको छ ।
बागमती प्रदेश कृषि बिकास मन्त्रालय अन्तर्गतको योजना महाशाखाका प्रमुख राजन ढकालले यो ड्रागन नेपालमा नयाँ प्रजातिको खेती भएकाले किसानले गरेको खेति र परिक्षणकै आधारमा के सफल के असफल भनेर पहिचान गर्न सहज हुने बताए । ड्रागन खेति पानी नजम्ने उच्च जमिनमा गर्न सकिने अध्ययनहरुले देखाएको भएपनि केहि किसानहरुले परिक्षणका लागि धानखेतिमा पनि गरेको आफुले देखेको उनको भनाई छ । तर यो खेती पानी नजम्ने बलौटे प्रकारको माटोमा राम्रो हुने ढकालले बताए ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
आइतबार, २४ साउन २०७८, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने
चितवनमा मतदानस्थलको सुरक्षा मूल्यांकन सम्पन्न
चितवनमा नागरिकता त्याग्नेभन्दा गैर आवासीय नागरिकता लिने बढी
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
एमाले महाधिवेशन: चितवनमा प्रतिनिधि छनोट सर्वसम्मत