प्रधानमन्त्री बालेनबाट हात्ती प्रजनन केन्द्रको निरीक्षण

सफल खबर संवाददाता

सोमबार, ०८ असार २०८३, १५ : ४१
प्रधानमन्त्री बालेनबाट हात्ती प्रजनन केन्द्रको निरीक्षण

चितवन । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको आज निरीक्षण गरेका छन् । 

प्रजनन केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुगेका हुन् । खोरसोरस्थित तालिम केन्द्रमा अहिले नौ वटा माउ र सात वटा हात्तीका छावा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री शाह पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा भाग लिने क्रममा चितवनमा छन् । 

प्रतिक्रिया दिनुहोस