त्रिविको परीक्षा स्थगित नहुने

सफल खबर संवाददाता

शनिबार, २३ साउन २०७८, १८ : ०७
त्रिविको परीक्षा स्थगित नहुने

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै कक्षा १२ को परीक्षा स्थगित भए पनि त्रिभुवन विश्वविद्यालयको परीक्षा स्थगित नहुने भएको छ ।

हाल त्रिविमा सबैजसो संकायको स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन भइरहेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिविका कुनै पनि परीक्षा स्थगित नहुने बताए । 

स्नातक तह प्रथम वर्षको व्यवस्थापन संकायको परीक्षा शुक्रबार नै सकिएको छ भने विज्ञान र शिक्षा संकायका परीक्षा आइतबार सकिनेछ ।

‘हाम्रो सबै परीक्षाको हिसाब गर्दा २० र ३० हजार विद्यार्थी छन्, धेरैजसोको परीक्षा सकिने क्रममा छन्’ उनले भने, ‘त्यसैले त्रिविले तोकेको सबै परीक्षा सञ्चालन हुन्छन् ।’

प्रतिक्रिया दिनुहोस