काठमाडौं । नेपाली काँग्रेसका युवा नेताहरुले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । युवा नेताहरु गगन थापासहित धनराज गुरुङ, चन्द्र भण्डारीलगायतले बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा उनीहरुले सरकारको काम प्रभावकारी बनाउँदै पार्टीलाई पनि सुदृढ बनाएर अघि बढ्न सुझाव दिएको भेटमा सहभागी एक नेताले बताए ।
यस्तै सरकारमा रहँदा पार्टीलाई बद्नाम हुनबाट जोगाउन योजनाबद्ध ढंगले अघि बढ्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि आवश्यक पहल गर्न देउवाको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ साउन २०७८, ०९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसद्वारा केन्द्रीय अनुशासन समितिको बैठक आह्वान
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी नयाँ आवेदन प्रक्रिया अनलाइन माध्यमबाट सुरु
कांग्रेसले बोलायो विपक्षी दलको बैठक
राष्ट्रिय सद्भावना पार्टी काँग्रेसमा औपचारिक रूपमा समाहित
प्रधानमन्त्रीको अभिव्यक्तिमा कांग्रेसको आपत्ति
प्रधानमन्त्रीको कार्यशैलीप्रति काँग्रेसको असन्तुष्टि