काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सरकारले छिट्टै पूर्णता पाउने अपेक्षा गरेको छ। माओवादी केन्द्रको शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले सरकारले छिट्टै पूर्णता पाउने विश्वास व्यक्त गरेको हो।
तर बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा भने छलफल नगरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उनले गठबन्धनभित्र मन्त्रालयको टुंगो नै लगाउने काम नभएकाले पार्टी भित्रबाट कुन व्यक्तिलाई पठाउने भन्ने विषयमा छलफल नभएको तर्क गरे।
प्रवक्ता श्रेष्ठले भने,‘सरकारले छिट्टै पूर्णता पाउने अपेक्षा गरिएको छ। गठबन्धनभित्र मन्त्रालय कसले पाउने भन्ने टुंगो नलागेकाले पार्टीभित्र कसलाई पठाउने भन्ने विषयमा छलफल गरिएको छैन। १, २ दिनभित्र सरकारले पूर्णता पाउने गरी गठबन्धनभित्र छलफल हुन्छ।’
बैठकले सत्तारुढ गठबन्धन कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेकोमा धन्यवाद दिँदै छिट्टै सार्वजनिक गर्न पनि आग्रह गरेको छ। त्यसैगरी माओवादी केन्द्रले सुकुम्बासी, भूमिहीन किसान, दलित, अव्यवस्थित बसोबासको समस्या समाधान तथा कार्यान्वयन गर्न अभिलम्ब उच्चस्तरीय आयोग गठन गर्न पनि सरकारलाई अनुरोध गरेको छ।
सरकारले केपी ओली नेतृत्वको अघिल्लो सरकारले भूमि सम्बन्धी समस्या समाधान गर्न गठित आयोग खारेज गरेपछि माओवादी केन्द्रले उच्चस्तरीय आयोग तत्काल गठन गरी सो समस्या समाधान गर्न सरकारलाई आग्रह गरेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ साउन २०७८, २१ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीका आन्दोलनमा विचलन आयो, पदका निम्ति तँछाडमछाड छ : प्रचण्ड
नेकपा एसका नेता महेन्द्रबहादुर कार्की माओवादी केन्द्रमा प्रवेश
विधेयक पारित गराउन सरकार गम्भीर देखिएन : माओवादी केन्द्र
स्थापित बाम नेता भरत प्रसाद साह माओवादी केन्द्रमा प्रवेश
विभिन्न पार्टी परित्याग गरी ३७० जना माओवादी केन्द्रमा प्रवेश
अब जति पनि केन्द्रीय सदस्य बनाउन सक्ने माओवादीको निर्णय