काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ७२ हजार घुस लिएको अभियोगमा बुढानिलकण्ठ नगरपालिकाका सबइन्जिनीयर विनोदकुमार पौडेललाई पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सडक निर्माणको ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न भई भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा बुढानिलकण्ठस्थित एक होटलबाट आज पक्राउ गरिएको हो । आरोपी सबइन्जिनीयर पौडेलको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २२ साउन २०७८, २० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुद्दा मिलाइदिने भन्दै घुस लिने हवल्दार पक्राउ
वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ
शिक्षक नियुक्तिमा घुस लिने क्रममा प्रधानाध्यापकसहित दुई जना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
कैलालीका वरिष्ठ वन अधिकृत ७ लाख ३१ हजार घुससहित पक्राउ