घुस लिएको अभियोगमा बुढानिलकण्ठ नगरपालिकाका सबइन्जिनीयर पक्राउ

रासस

शुक्रबार, २२ साउन २०७८, २० : ०४
घुस लिएको अभियोगमा बुढानिलकण्ठ नगरपालिकाका सबइन्जिनीयर पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ७२ हजार घुस लिएको अभियोगमा बुढानिलकण्ठ नगरपालिकाका सबइन्जिनीयर विनोदकुमार पौडेललाई पक्राउ गरेको छ । 

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सडक निर्माणको ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न भई भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा बुढानिलकण्ठस्थित एक होटलबाट आज पक्राउ गरिएको हो । आरोपी सबइन्जिनीयर पौडेलको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस