कांग्रेस केन्द्रीय समितिको बैठक साउन २८ गते बस्ने

सफल खबर संवाददाता

शुक्रबार, २२ साउन २०७८, १८ : २३
कांग्रेस केन्द्रीय समितिको बैठक साउन २८ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २८ गते बस्ने भएको छ । कांग्रेसले शुक्रबार विज्ञप्ति जारी गर्दै साउन २८ गते दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको हो ।

बैठकमा आसन्न १४औं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने जनाइएको छ ।बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई सूचित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस