दाङ । दाङबाट १२ हजारभन्दा बढी विद्यार्थी माध्यमिक शिक्षा परीक्षा एसईईको आन्तरिक मुल्यांकनमा सहभागी भएका छन् । कोरोना महामारीका कारण यस पटक पनि आन्तरिक मुल्यांकनका आधारमा परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी भएको माध्यमिक शिक्षा परीक्षा बोर्डले जनाएको छ ।
देशभरबाट २०७७ को एसईईमा करीव ५ लाख १७ हजार विद्यार्थी सहभागी भएकोमा दाङबाट १२ हजार १ सय ६६ जना विद्यार्थी सहभागी भएको शिक्षा विकास तथा समन्वय ईकाई दाङका प्रमुख मित्रप्रसाद गौतमले जानकारी दिए । शिक्षा विकास तथा समन्वय ईकाई दाङले जिल्लाभरबाट एसईईमा सहभागी भएका १ सय २१ संस्थागत विद्यालय र ९९ वटा सामुदायिक विद्यालय गरी २ सय २० वटा विद्यालयका विद्यार्थीको नतिजा रुजु गरी असार अन्तिम साता केन्द्रमा पठाएको हो भने हार्ड कपी साउनको पहिलो साता पठाईएको शिक्षा विकास तथा समन्वय ईकाई दाङका प्रमुख गौतमले बताए ।
जिल्लाभरका २ सय २० विद्यालयका कुल १२ हजार १ सय ६६ विद्यार्थीको नतिजा अबको हप्ता दश दिनभित्रमा सार्वजनिक हुने भएको हो । शिक्षा विकास तथा समन्वय ईकाई दाङका प्रमुख गौतमले एसईईमा सहभागी भएका विद्यार्थीको कुल संख्या अनुपातमा छात्र भन्दा छात्राको संख्या ५ सय १४ ले धेरै रहेका बताए । जसमा ६ हजार ३ सय ४० जना छात्रा एसईईमा सहभागी भएकोमा ५ हजार ८ सय २६ जना छात्र रहेका छन् ।
परीक्षामा सहभागी भएकामध्ये नियमिततर्फ ३ हजार ९ सय ९६ जना छात्रा र ३ हजार ५९ जना छात्र गरी ७ हजार ५५ जना विद्यार्थी सामुदायिक विद्यालय अन्तर्गतका रहेका छन् भने २ हजार ३४ जना छात्रा र २ हजार ४ सय ३९ जना छात्र गरी ४ हजार ४ सय ७३ जना संस्थागत विद्यालयका विद्यार्थी रहेका प्रमुख गौतमले जानकारी दिए ।
यसैगरी, नियमिततर्फकै प्राविधिक धारमा ३ सय ८३ जना विद्यार्थीमध्ये १ सय ९४ जना छात्रा र १ सय ८९ जना छात्र रहेका छन् । अक्षरांकन पद्दतिबाट नतिजा सार्वजनिक हुने हुँदा अहिले विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । जसमा यस पटक १ सय १६ जना छात्रा र १ सय ३९ जना छात्र गरी २ सय ५५ जना विद्यार्थी ग्रेड वृद्धिमा सहभागी भएका शिक्षा विकास तथा समन्वय ईकाई दाङकी प्राविधिक सहायक प्रमिला शर्माले बताइन ।
जेठ १३ गतेबाट एसईई परीक्षा गर्ने गरी तालिका सार्वजनिक भएको थियो । तर, कोरोनाको दोश्रो लहर तीव्र रुपमा बढ्दै जाँदा जोखिम बढेको भन्दै बैशाख दोश्रो साताबाट लकडाउन भएपछि परीक्षा स्थगित हुन पुगेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ साउन २०७८, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण
एसईई ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक
एसईईको मौका परीक्षा २९ साउनदेखि
एसईई नतिजा सकेसम्म आजै प्रकाशित हुन्छ : बोर्ड अध्यक्ष शर्मा
एसईई नतिजा प्रकाशनको तयारीमा बोर्ड, बोलाइयो बैठक