काठमाडौं । एमालेभित्रै अन्तरसंर्घष चर्काइरहेका वरिष्ठ नेता माधव नेपालले आज आफु निटकका केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । परिवर्तित राजनीति र अब आफ्नो समुहले लिने रणनीतिका विषयमा छलफल गर्न नेपालले आज बिहान ११ बजेका लागि केन्द्रीय कमिटि बैठक बोलाएका हुन् ।
बैठक हिजो बुधबारका लागि नै बोलाईएको थियो । तर, कतिपय केन्द्रीय सदस्यहरु काठमाडौं बाहिर रहेका कारण बैठकमा सहभागी हुन आउन समय लाग्ने देखेपछि बैठक आजका लागि सारिएको थियो । बैठक बिहान ११ वजे वुद्धनगरस्थित क्वालिटी ब्याङकेटमा बस्दैछ ।बैठकप्रति केपी ओलीले भने आपत्ति जनाएका छन् । उनले कार्यालय सचिव शेरवहादुर तामाडलाई वक्तब्य जारी गर्न लगाएरै नेपाल पक्षले बोलाएको आफु निकटको केन्द्रीय कमिटि बैठकमा आपत्ति जनाउन लगाएका हुन् ।
नेपाल समुहले ओलीले अझै आफुलाई सञ्चाउन तयार नरहे देशब्यापी फेरि समानान्तर गतिविधि गर्ने तयारी गरिरहेका बेला ओलीले भने नेपाल समुहको बैठकप्रति आपत्ति जनाएका हुन् । एमाले र माओवादीको एकता बदर गर्दै पूर्ववतः अवस्थामै पार्टीलाई फर्काइदिएपछि नेपाल समुहलाई पेल्ने रणनीति अनुसार ओलीले फागुन २८ मै एकपक्षिय आफु निटकको केन्द्रीय कमिटिको बैठक राखेर कतिपय निर्णय गराएका थिए । तर नेपालले पार्टी पूर्ववत अवस्थामा फर्काइदिएकोले माओवादी केन्द्रसँगको एकता अगाडीको अर्थात २०७५ जेठ २ मा पार्टी फर्काउनुपर्ने बताएका थिए ।
नेपालले त्यसका अतिरिक्त संविधान बचाउन र पूर्ण संसदका लागि एजेण्डामा ओलीले प्रतिबद्धता जनाउनु पर्ने बताएका छन् । आफु लडेकोले त्यो एजेण्डाको रक्षाका लागि पनि नेपालले पूर्ण संसद संचालनको प्रतिबद्धता ओलीबाट खोजिरहेका छन् । तर ओली बालुवाटार छोडनु परेको पीडा भूल्न नसक्दा अझै आफु विनाको सरकार र कुर्सी भाँच्नका लागि अनेक दाउ खोजिरहेकै छन् । एजेण्डा जोगाउने या ओलीको ढाल बन्ने भन्ने नेपाल समुहमा गहिरो गरी बहस छ ।
तर ओलीले धेरै लामो समय सम्म त्यसलाई अटेर गर्दै गए । त्यसपछि नेपालले गत चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेका थिए । त्यसपछि देशब्यापी समानान्तर संगठन निर्माण गर्ने रणनीति लिएका थिए । पार्टीभित्र पार्टी बनाउने रणनीति अनुसार नेपाल समुहले पार्टीको तल्लो तहसम्मै र जनवर्गीय संगठनको पनि सोही अनुसारको समानान्तर संगठन निर्माण गरेका थिए ।
तर बीचमा कार्यदलका नाममा सहमति जुटाउने गरी १० वुँदे सहमति गरेर एकता मिलाउन प्रयास गरेपनि ओलीले भूलभूलैयामा नेपाल समुहका नेतालाई राखेर आफनो सामु आत्मसमर्पण गराउने र आफुले अह्राएखटाएको काम र जिम्मेवारीमा मात्र परिचालन गर्ने योजना बनाएका थिए । माधव नेपालको दोस्रो पुस्ताका नेताहरु नेपाल समुहका समग्र नेताहरुको ब्यवस्थापन, एमालेभित्र उनीहरुको सम्मानजनक अवस्था लगायतका विषयमा कुनै चासो नै नदिई मिल्न जाने छाँटकाँट देखाएपछि तेस्रो पुस्ता भने आक्रामक छ ।
तेस्रो पुस्ताका नेताहरुले भने बरु अलग पार्टी निर्माण गरेर जानुपर्ने तर ओलीसँग आत्मसमर्पण गर्नु नहुने अडानमा छ । नेपाल स्यवंले भने आफ्नो समुहको सुरक्षाका लागि सम्मानजनक एकताको कुरा उठाईरहेका छन् । त्यसका लागि उनले नेतृत्व सम्वन्धी तीन वटा विकल्प पनि अगाडी सारेका छन् । पहिलो पार्टीभित्र दुई अध्यक्ष र निर्णय प्रक्रियामा दुवै अध्यक्षको अनिवार्य हस्ताक्षर । त्यसो गर्न सकेमा ओलीले एकलौटी र मनोमानी निर्णय गर्न नसक्ने, आफनो समुहका नेताहरुको जिम्मेवारी र टिकट वितरणमा समानुपातिक रुपमा वितरण गर्न सकिने र सबैको सुरक्षा पार्टीभित्रै गर्न सकिने सोचेको छ ।
दोस्रो विकल्पमा अध्यक्ष मण्डल बनाउने र त्यसका लागि ओली, नेपाल सहित वामदेव गौतम, झलनाथ खनाल रहेको अध्यक्ष मण्डल बनाउने । तेस्रो विकल्पमा रुपमा ओली र नेपालले नेतृत्व छोडेर अर्को पुस्ताका नेतामा नेतृत्व जिम्मेवारी हस्तान्तरण गर्ने । नेपालले सारेको नेतृत्व सम्वन्धी यो तीन प्रस्तावमा ओली अझै सकारात्मक देखिएका छैनन् । ओलीले नेपाललार्इ दोस्रो अध्यक्ष बनाउन सकिने सम्मको प्रस्ताव त गरेका छन, तर निर्णय प्रक्रियामा अनिवार्य हस्ताक्षरका विषयमा अझै सकारात्मक छैनन् । जसकाकारण एमालेभित्रको विवाद मिल्ने दिशामा छैन् ।
नेपालले त्यसका अतिरिक्त संविधान बचाउन र पूर्ण संसदका लागि एजेण्डामा ओलीले प्रतिबद्धता जनाउनु पर्ने बताएका छन् । आफु लडेकोले त्यो एजेण्डाको रक्षाका लागि पनि नेपालले पूर्ण संसद संचालनको प्रतिबद्धता ओलीबाट खोजिरहेका छन् । तर ओली बालुवाटार छोडनु परेको पीडा भूल्न नसक्दा अझै आफु विनाको सरकार र कुर्सी भाँच्नका लागि अनेक दाउ खोजिरहेकै छन् । एजेण्डा जोगाउने या ओलीको ढाल बन्ने भन्ने नेपाल समुहमा गहिरो गरी बहस छ । त्यही भएर पनि नेपालले यस विषयमा छलफलका लागि आफु निकटका केन्द्रीय सदस्यहरुको बैठक बोलाएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ साउन २०७८, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल