काठमाडौ । सरकारले आज (शुक्रबार) पनि तिहार पर्वको सार्वजनिक बिदा दिएको छ।
यम पञ्चक अर्थात् तिहार बिहीबार नै सकिएको भए पनि आज (शुक्रबार) पनि तिहारकै नाममा सरकारले सार्वजनिक बिदा दिएको हो।
गृह मन्त्रालयले प्रकाशन गरेको राजपत्रमा कात्तिक ३ देखि ७ गतेसम्म तिहार बिदा हुने उल्लेख छ।
तिथि घटबढ हुँदा तिहार बिदा लम्बिएको हो। यसअघि लक्ष्मीपूजा र भाइटीकाकै बीचमा (कात्तिक ४ गते)पनि एक दिन बिदा थपिएको थियो। कुनै पर्व नहुँदा पनि गएको मंगलबार तिहारको सार्वजनिक बिदा थियो।
गएको सोमबारदेखि बन्द भएका सरकारी कार्यालय अब आगामी आइतबारदेखि मात्र खुल्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ कार्तिक २०८२, ०७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सातामा दुई दिन बिदाको निर्णय आजदेखि लागू, कार्यालय समय पनि परिवर्तन
सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने
चुनावले छपक्कै छोप्यो, आजदेखि एकसाता बिदा
आज ग्याल्पो ल्होसारको सार्वजनिक बिदा
चिसो बढेपछि गौरका विद्यालयमा बिदा
मधेस प्रदेशमा आज सार्वजनिक बिदा