काठमाडौँ। नेपाली काँग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मतदाता नामावली सूचीकरण गर्ने कार्यमा ध्यानकेन्द्रित गर्न मातहतका पार्टी संरचनालाई परिपत्र गरेका छन्।
निर्वाचन आयोगले ३० कात्तिकसम्मको लागि नयाँ मतदाताका लागि दर्ता गर्न समयावधि तोकेको छ। दुई महामन्त्री थापा र शर्माले छठ लगत्तै नयाँ मतदाता दर्ता गर्ने काममा लाग्न प्रदेशदेखि वडा तहसम्मका संरचनालाई परिपत्र गरेका हुन्।
छठ लगत्तै सबै तहले बैठक गरेर ध्यान मतदाता दर्ता अभियानमा केन्द्रित गर्न भनिएको छ । जिल्ला समितिको बैठक गरेर सबै क्षेत्रमा टिम परिचालन गर्न समेत भनिएको छ ।
मतदाता सूचीमा नाम दर्ता गर्ने कार्यमा परिचालन हुनका लागि उपल्लो तहले तल्लो तहसँग समन्वय गर्न भनिएको छ।
उमेर पुगेका युवाहरूलाई मतदाता नामावलीमा नाम दर्ता गर्न जान लागि प्रेरित गर्न परिपत्रमा उल्लेख गरिएको छ।
नामावली सूचीकृत गर्नका लागि युवा उमेर समूहसँग छलफल गर्न र युवा उमेर समूहबाट खटाउने गरी दर्तामा सहजीकरण गर्न ‘मतदाता दर्ता समूह’ गठन गर्न सुझाव दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ कार्तिक २०८२, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस
काँग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकका लागि आज अन्तिम समय सीमा
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण
अहिलेसम्म कतिले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ?