काठमाडौँ। नेपाली काँग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मतदाता नामावली सूचीकरण गर्ने कार्यमा ध्यानकेन्द्रित गर्न मातहतका पार्टी संरचनालाई परिपत्र गरेका छन्।
निर्वाचन आयोगले ३० कात्तिकसम्मको लागि नयाँ मतदाताका लागि दर्ता गर्न समयावधि तोकेको छ। दुई महामन्त्री थापा र शर्माले छठ लगत्तै नयाँ मतदाता दर्ता गर्ने काममा लाग्न प्रदेशदेखि वडा तहसम्मका संरचनालाई परिपत्र गरेका हुन्।
छठ लगत्तै सबै तहले बैठक गरेर ध्यान मतदाता दर्ता अभियानमा केन्द्रित गर्न भनिएको छ । जिल्ला समितिको बैठक गरेर सबै क्षेत्रमा टिम परिचालन गर्न समेत भनिएको छ ।
मतदाता सूचीमा नाम दर्ता गर्ने कार्यमा परिचालन हुनका लागि उपल्लो तहले तल्लो तहसँग समन्वय गर्न भनिएको छ।
उमेर पुगेका युवाहरूलाई मतदाता नामावलीमा नाम दर्ता गर्न जान लागि प्रेरित गर्न परिपत्रमा उल्लेख गरिएको छ।
नामावली सूचीकृत गर्नका लागि युवा उमेर समूहसँग छलफल गर्न र युवा उमेर समूहबाट खटाउने गरी दर्तामा सहजीकरण गर्न ‘मतदाता दर्ता समूह’ गठन गर्न सुझाव दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ कार्तिक २०८२, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले गगनलाई बनायो भावी प्रधानमन्त्रीको उम्मेदवार
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा होमिने
झापामा कांग्रेस–एमालेलाई बालेनले दिए झट्का : कांग्रेस एमालेकै जिम्मेवार नेताहरु पार्टी छोड्दै रास्वपा प्रवेश
कांग्रेसमा देउवा र गगनका बीचमा दुई बुँदे अन्तरिम सहमति
कांग्रेस विवाद : देउवा समूहको रिटमा आज पेसी
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?