काठमाडौं । नयाँ शक्ति (नेसपा) का नेता डा. बाबुराम भट्टराईले हालको नेपालको अन्तरिम अवस्थालाई ‘पुरानो मरेको तर नयाँ नजन्मिसकेको राक्षसहरूको काल’ भन्दै त्यसबारे सबैले गम्भीरतापूर्वक विचार गर्नुपर्ने बताएका छन्।
प्रसिद्ध प्रगतिशील चिन्तक आन्तोनियो ग्राम्सीलाई उद्धृत गर्दै भट्टराईले वरिष्ठ भारतीय पत्रकार भारत भुषणले दिएको उक्त उपमा नेपालको वर्तमान राजनीतिक अवस्थासँग सान्दर्भिक रहेको बताएका छन्।
फेसबुकमार्फत उनले लेखेका छन्, “हामी नेपालीले त्यति धेरै हीनतावोध पाल्न जरूरी छैन। ऐतिहासिक रूपले लोकतान्त्रीकरणको प्रक्रियामा केही ढिलो भए पनि बि.सं. २००७ देखि २०७२ सम्म ठूला बलिदानीपूर्ण संघर्षहरू गरेर देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्याएका छौँ।”
उनका अनुसार अहिलेको जेन–जी विद्रोहले समाजमा फैलिएका भ्रष्टाचारी धमिराहरूमाथि जबर्जस्त मुक्का प्रहार गरेको छ। “अब सबै अग्रगामी, देशभक्त, लोकतान्त्रिक शक्तिहरू एकजुट भएर भरपर्दो नयाँ राजनीतिक विकल्प तयार गर्नु छ,” भट्टराईले लेखेका छन्।
भट्टराईले जेन–जी युवाहरू, नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू, पुराना दलभित्रका अग्रगामी पक्षहरू र नागरिक अगुवाहरूले सुशासित र समृद्ध नेपालको निर्माणका लागि सक्रिय हुनुपर्नेमा जोड दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ कार्तिक २०८२, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई
नयाँ सरकारसँग जनताको ठुलो अपेक्षा छ, नेतृत्वको ध्यान पुगोस्: डा. भट्टराई
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...