आजको मौसम : अधिकांश स्थानमा वर्षाको अनुमान

सफल खबर संवाददाता

विहीबार, २१ साउन २०७८, ०७ : ३६
आजको मौसम : अधिकांश स्थानमा वर्षाको अनुमान

काठमाडौं । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको र जसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही  प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा  हल्कादेखि मध्यम वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महशाखाका अनुसार बिहीबार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकि भूभागमा सामान्यदेखि पूर्ण बदली हुने सम्भावना छ । यस्तै देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ । 

प्रदेश १ ,बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक  दुई स्थानमा भने मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ। यस्तै राति पनि देशभर बदली रही केही स्थानहरुमा वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस