काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिकाको सीतापाइला, बालाजु चोक र अशन, ललितपुर जिल्ला ललितपुर महानगरपालिकाको धोबीघाट र भैंसेपाटी, भक्तपुर जिल्ला ठिमी नगरपालिकाको गठ्ठाघर एव्म धादिङ जिल्ला, निलकण्ठ नगरपालिको धादिङबेसीस्थित बिचबजारमा गरी एकैसाथ सात नयाँ स्थानमा शाखा सञ्चालनमा ल्याएको छ ।
नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८० पुगेको छ ।ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले देशका ७६ जिल्लामा फैलिएको २८० शाखा सञ्जाल सहित २४८ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २५७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि-सम्र्पक कार्यालय मार्फत आफ्ना २३ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । ‘सबैका लागि बैंक’ भन्ने नारालाई सार्थकता दिदैं बैंकले अझ एक कदम अघि सारेकोे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० साउन २०७८, १८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने
ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिंङ प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित
ग्लोबल आइएमई बैंकले गर्यो ८ प्रतिशत नगद लाभांश घोषणा
ग्लोबल आइएमई बैंकले जित्यो अवार्ड