काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ । राजदूत डिप्रेज उपसभापति निधिलाई भेट्न उनको निवास नयाँ बानेश्वर पुगेकी थिइन् ।
झण्डै एक घण्टा भएको भेटवार्तामा राजदूत डिप्रेले कोरोना महामारी नियन्त्रणमा ईयूका तर्फबाट सहयोग हुने बताएकी छन् । राजदूत डिप्रेले प्रदेश २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको विकासमा सहयोग गर्ने पनि बताएकी छन् ।
वैकल्पिक उर्जा, जलवायु परिवर्तन, लैंगिक समानता लगायतमा पनि ईयूले सहयोग गर्न चाहेको निधिसँग बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ साउन २०७८, १८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन, रवि र स्वर्णिमबीच भेटवार्ता
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता
सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता, ताइवान-तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता