चितवन । नेकपा एमालेको माधव नेपाल समूहले चितवनमा भरतपुर महानगर कमिटीको समानान्तर समिति घोषणा गरेको छ । एमाले एकताका लागि विभिन्न पहल भईरहदा दुवै नेता आ–आफ्नै अडानमा कायम रहेपछि नेपाल समुहले अधिकांश स्थानमा समानान्तर समितिहरु घोषणा गर्दै आईरहेका छन् ।
शनिबार भरतपुरमा आयोजित भेलाले विष्णुराज महतोको अध्यक्षतामा १७५ सदस्यीय महानगर कमिटी घोषणा गरेको हो । कमिटीको उपाध्यक्षमा केशवराज पोखरेल, सचिवमा रोहित सुवेदी र सह–सचिवमा शोभा पण्डित चयन भएका छन् ।
नवनिर्वाचित कमिटीले शनिबार नै सपथ ग्रहण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि रहेका एमालेका केन्द्रीय सदस्य एवंम प्रदेश कमिटीका सह–संयोजक केदार न्यौपानेले नवनिर्वाचित महानगर कमिटीलाई शपथ ग्रहण गराएका थिए ।
सो क्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले पार्टी अध्यक्ष केपी शर्मा ओलीकै कारण पार्टी बिचलनमा आएको आरोप लगाए । कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज एवंम बागमती प्रदेश सांसद कृष्ण खनाल, केन्द्रीय प्रतिनिधि सूर्य लामिछाने, माधव समूहको एमाले जिल्ला अध्यक्ष तेजेन्द्र बहादुर खड्कालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ साउन २०७८, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महाधिवेशन: चितवनमा प्रतिनिधि छनोट सर्वसम्मत
एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै
चितवन जिल्ला प्रशासनद्वारा राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा सुरु
चितवनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
चितवनमा लागुऔषधसहित सात युवक पक्राउ
चितवन पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा