चितवन । नेकपा एमालेको माधव नेपाल समूहले चितवनमा भरतपुर महानगर कमिटीको समानान्तर समिति घोषणा गरेको छ । एमाले एकताका लागि विभिन्न पहल भईरहदा दुवै नेता आ–आफ्नै अडानमा कायम रहेपछि नेपाल समुहले अधिकांश स्थानमा समानान्तर समितिहरु घोषणा गर्दै आईरहेका छन् ।
शनिबार भरतपुरमा आयोजित भेलाले विष्णुराज महतोको अध्यक्षतामा १७५ सदस्यीय महानगर कमिटी घोषणा गरेको हो । कमिटीको उपाध्यक्षमा केशवराज पोखरेल, सचिवमा रोहित सुवेदी र सह–सचिवमा शोभा पण्डित चयन भएका छन् ।
नवनिर्वाचित कमिटीले शनिबार नै सपथ ग्रहण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि रहेका एमालेका केन्द्रीय सदस्य एवंम प्रदेश कमिटीका सह–संयोजक केदार न्यौपानेले नवनिर्वाचित महानगर कमिटीलाई शपथ ग्रहण गराएका थिए ।
सो क्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले पार्टी अध्यक्ष केपी शर्मा ओलीकै कारण पार्टी बिचलनमा आएको आरोप लगाए । कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज एवंम बागमती प्रदेश सांसद कृष्ण खनाल, केन्द्रीय प्रतिनिधि सूर्य लामिछाने, माधव समूहको एमाले जिल्ला अध्यक्ष तेजेन्द्र बहादुर खड्कालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ साउन २०७८, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने
चितवनमा मतदानस्थलको सुरक्षा मूल्यांकन सम्पन्न
चितवनमा नागरिकता त्याग्नेभन्दा गैर आवासीय नागरिकता लिने बढी
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
एमाले महाधिवेशन: चितवनमा प्रतिनिधि छनोट सर्वसम्मत