अमेरिका । रोजगारीका लागि अमेरिका पुगेका यहाँका एक युवाको मृत्यु भएको छ । फलेवास नगरपालिका–१० कुर्घाका २८ वर्षीय विपीन लम्सालको उपचारका क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा यही साउन १२ गते मृत्यु भएको हो ।
विगत पाँच वर्षअघि मात्र अमेरिका पुगेका लम्साल न्यूयोर्कस्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका थिए । अचानक स्वास्थ्यमा समस्या देखिएपछि गत मङ्गलबार उनलाई नजिकैको एल्महर्स्ट अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको खबर प्राप्त भएको मृतकका दाजु दीपेन्द्र लम्सालले जानकारी दिए ।
उनका अनुसार अहिले लम्सालको शव अस्पतालमा नै रहेको छ । हृदयघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । गैरआवासीय नेपाली सङ्घ अमेरिकाको न्यूयोर्क शाखाका अध्यक्ष आङछिरिङ शेर्पालाई उद्धृत गर्दै मृतकका दाजु दीपेन्दले शव नेपाल ल्याउनका लागि प्रक्रिया पूरा भइसकेको बताए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १७ साउन २०७८, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा
अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन
अमेरिका र इरानबिचको उच्चस्तरीय वार्ता सम्पन्न