अफगानिस्तान । अफगानिस्तानको विभिन्न प्रान्तमा तालिबान लडाकूविरुद्ध गरेको सुरक्षा कारबाहीमा कम्तीमा एक सय तालिबान लडाकू मारिएका छन् ।
घटनामा अरु ९० जना घाइते भएको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ ।
अफगानको सुरक्षा बलले यहाँको पश्चिमी प्रान्त हेरातमा गरेको कारबाहीमा ५२ जना तालिबान लडाकू मारिएको जनाएको छ । साथै अन्य ४७ जना घाइते भएका छन् ।
हेरात कै घोर्यान जिल्लामा १३ लडाकू मारिएका छन् भने अन्य २२ जना घाइते भएका छन् । घटनास्थलबाट सुरक्षाकर्मीले लडाकूहरुले प्रयोग गर्ने सवारी साधन, विस्फोटक पदार्थलगायत नियन्त्रणमा लिएको पनि सरकारी अधिकारीहरूले जनाएका छन् ।
त्यसैगरी कान्दाहार प्रान्तमा ३६ लडाकू मारिएका छन् भने २० जना घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १६ साउन २०७८, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु